तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको पाँचौ तहका कर्मचारी होमजङ विक काँग्रेस पाटी कार्यक्रममा उद्घोषक बनेर आचारसंहिताका ठाडो उल्लघंन गरेका छन् । वडा नम्बर ७ को डाडाँपातुमा काँग्रेसको सम्पर्क कार्यालय उद्घाटनमा उनले उद्घोषकको काम गरेका थिए । “कर्मचारी भएर यसरी कुनै पाटीको कार्यक्रम नचलाउनुपर्ने” कार्यक्रममा उपस्थित एक स्थानीयले भने ।

स्थानीय वासिन्दाका अनुसार कर्मचारी विकले काँग्रेसको सरकार आए लालपुर्जा वितरण गर्ने, जागिर लगाइदिने लगायतका प्रलोभन समेत स्थानीयवासीहरुलाई दिने गरेको स्थानीयले वताए ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले कर्मचारीहरु कुनै एक पाटीको प्रचारप्रसारमा लाग्न नहुने वताउँदै गुनासो प्राप्त भएको हुँदा आवश्यक प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस