घोराही,बैशाख २५ । नेकपा एमाले दाङले आइतबार घोराहीका १०० वटा वडाभर घरदैलो र चुनावी सभाहरु गरेको छ । एमालेको तर्पmबाट निर्वाचनमा उमेदवार बनेका उमेदवारहरु र नेताहरु सबै वडामा केन्द्रीत भएर घरदैलो र सभाहरु आयोजना गरेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो ।

विशेष गरी एमालेले जिल्लाका सबै वडामा विहानै देखि घरदैलो, भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । आइतबार दिउँसो १० वटै पालिकाका वडाहरुमा चुनाबीसभाहरु सम्पन्न भएको एमालेले जनाएको छ । एमालेका अनुसार वडामा एकचरणको भेटघाट, सभाहरु सम्पन्न भैसकेको र जिल्लाभर उमेदवारहरुले दोहोराएर तेहेराएर प्रचारप्रसार गरिरहेका छन् ।

यसैबीच घोराहीका १९ वटै वडामा आइतबार पनि व्यापक प्रचार गरिएको एमाले घोराही नगरका अध्यक्ष भुवन चौधरीले बताउनुभयो । उता तुलसीपुरमा पनि आइतबार विहानैदेखि टोलटोलमा कार्यक्रमहरु भएका छन् । देउखुरीका चारै पालिकामा पनि वडास्तरमा नै चुनाबी कार्यक्रमहरु भएका छन् । पश्चिम दाङको दंगीशरण, बबई, शान्तिनगरमा पनि आइतबार विशेष कार्यक्रमहरु भएको एमालेले जनाएको छ । उता राजपुर अनि बंगालाचुलीमा पनि आइतबार वडावडामा मतदाता भेटघाट, सभाहरु सम्पन्न भएका छन् ।

बंगलाचुलीका सबै वडामा चुनाबी प्रचार कार्यक्रम व्यापकरुपमा अगाडी बढेको एमाले प्रदेश सदस्य तथा दाङ क्षेत्र नम्वर २ का इञ्चार्ज बलिभद्र रानाले जानकारी दिनुभयो । राप्ती गाउँपालिकामा आइतबार अध्यक्ष, उपाध्यक्षसहितको टोलीले सबै जसो वडाका अधिकांश ठाउँमा पुगेर मतदाताहरुसँग दोहोराएर भेट गरेको एमालेले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस