देउखुरी । नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गरी चुनावी सभाहरु वडास्तरमा भव्यताका साथ सम्पन्न गरेको छ ।

लमही नगरपालिका वडा नं. ६ को वड्का महरवामा चुनावी सभा सम्पन्न भएको हो । नेकपा एमाले लमही नगरपालिका वडा नं. ६ वडा कमिटिका अध्यक्ष शेषणमी अधिकारीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य, संघिय सांसद गंगा थारु सत्गौवाको प्रमुख आतिथ्यतामा सम्पन्न सभालाई सम्वोधन गर्दै थारुले विपक्षी पाँच दलिय गठबन्धन एमसीसी पास गरेवाफत प्राप्त भएको रकमको बलमा चुनाव लड्न तम्सिएको बताउनु भयो । एमसिसि पास गर्ने पाँच दलिय गठबन्धनलाई जनमतबाट हराउनुपर्ने बताउनु भएको हो ।

कार्यक्रमलाई नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जनतामाझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता देखेर विपक्षी अत्तालिएपछी पाँच दलिय गठबन्धन बनाएको बताउनु भयो ।

त्यो गठबन्धन स्थानीय तहको निर्वाचन पश्चात आफै फुस्किने बताउनु भयो । चुनावी सभालाई चर्चित अभिनेत्री तथा एमाले नेतृ करिस्मा मानन्धरले एमाले सहि पार्टी भएकै कारण आफु यसमा आवद्ध भएको बताउनु भयो ।

कार्यक्रमलाई नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतम, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवम् लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, प्रदेश कमिटि सदस्य तथा प्रखर वक्ता नारायण डिसी छम्पाली, लमही नगरपालिका मेयर पदका उम्मेदवार दण्डिराम चौधरी, उपमेयर पदका उम्मेदवार शुसीला शर्मा, लमही नगरपालिका वडा नं. ६ का अध्यक्षका उम्मेदवार गोमा बस्नेत लगायतले सम्वोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नगर कमिटि सचिव भानु जोशीले गर्नु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस