विमल योगी

दाङ, २९ माघ । दाङको प्रशिद्ध तीर्थस्थल धारपानीमा लाग्ने महाशिवरात्री मेला यस वर्ष तीन दिनसम्म लाग्ने भएको छ । पछिल्लो दिनमा देशका विभिन्न जिल्ला तथा छिमेकी देशबाट समेत भत्तजनको उल्लेख्य रुपमा उपस्थिति हुन थालेपछि यस वर्ष फागुन ५, ६ र ७ गते तीन दिन मेला लगाउन थालिएको हो ।

मेलालाई व्यवस्थित बनाउन पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले तयारीलाई तीव्रता दिएको छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा बसेकाे बैठकले १८ वटा विभिन्न उपसमिति गठन गरी मेला व्यवस्थापन कार्य अगाडि बढाइएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार समितिका अध्यक्ष गणेश कुमार अधिकारीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

यस्तै कोषाध्यक्ष वोधिलाल शर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, सचिव विष्णुराम अचार्य संयोजक र विमल योगी सदस्य रहेको सूचना तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति, टेकनाथ आचार्य संजयको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, वुद्धिराम भण्डारीको संयोजकत्वमा भजन मण्डली उपसमिति गठन गरिएको छ ।

शंकरकिरण अधिकारीको संयोजकत्वमा मन्दिर सहयोग, रसिद, भेटी तथा दान पेटिका व्यवस्थापन उपसमिति, धनपति शर्माको संयोजकत्वमा यातायात व्यवस्थापन र मञ्च, टेन्ट तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, विमल अधिकारीको संयोजकत्वमा मन्दिर सचिवालय व्यवस्थापन उपसमिति, मधुमालती अधिकारीको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति, वलिराम भुसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, गजेन्द्र चौधरीको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति, निम बहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै विष्णुमणि दाहाल संयोजक र कृष्ण प्रसाद भुसाल सदस्य रहेको स्वयंसेवक परिचालन उपसमिति, दिनेश आचार्य संयोजक र गोर्खा हस्पिटल, हेल्थ फाउण्डेशन नेपाल, धर्ना स्वास्थ्य चौकी सदस्य रहेको प्राथमिक उपचार व्यवस्थापन उपसमिति, गोर्खा हस्पिटलको संयोजकत्वमा एम्बुलेन्स व्यवस्थापन उपसमिति, शंकर गौतम संयोजक, धुव्र कुमार श्रेष्ठ, विवेक श्रेष्ठ, जगविर चौधरी र रेव बहादुर बुढाथोकी सदस्य रहेको अतिथि स्वागत सत्कार उपसमिति समेत गठन गरिएको छ ।

मेलामा हुने सुरक्षा, बजार तथा यातायात व्यवस्थापन लगायत समग्र कामको अनुगमनका लागि अध्यक्ष गणेश कुमार अधिकारी, सचिव विष्णुराम आचार्य र श्रीधर शर्मा पौडेल रहेको विशेष अनुगमन उपसमिति गठन गरिएको छ भने सरस्वती गौतमको संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

मेलामा यातायात व्यवस्थापन अन्तर्गत पार्किङ शुल्क र व्यापारका लागि स्टलको दररेट समेत तोकिएको छ । जस अन्तर्गत टिकामाला सम्बन्धी व्यापारका लागि प्रति पसल एक हजार, फलफुलका लागि एक हजार पाँच सय, होटल तथा चाटका लागि दुई हजार पाँच सय, खेलौना पसलका लागि एक हजार आठ सय, फेन्सी पसलका लागि दुई हजार र आईसक्रिम डेरीका लागि एक हजार दुई सय रुपैयाँ शुल्क तोकिएको बजार व्यवस्थापन उपसमितिका संयोजक बलिराम भुसाल गोपालले जानकारी दिनुभयो ।

यस्तै मेला अवधिभर फागुन ५, ६ र ७ गतेका लागि मोटरसाइकलका लागि १० रुपैयाँ,अटो रिक्सा तथा टेम्पोका लागि २५ रुपैयाँ, जिप तथा कारका लागि ३० रुपैयाँ, सानो ठुलो टेक्टरका लागि ५० रुपैयाँ र मिनि बस, बस तथा ट्रकका लागि एक सय रुपैयाँ पार्किङ शुल्क तोकिएको र सोही दररेटमा आधारित रहेर ठेक्का लगाइने भएको छ ।

मदिरा बेचबिखन निषेध

महाशिवरात्री पर्वका अवसरमा लाग्ने धारपानी मेलामा मदिरा बेचबिखनलाई निषेध गरिएको छ । फाुगन ४ गते राती १२ बजेदेखी फागुन ७ गते राती १२ बजेसम्म पूर्वमा धार्मिक वनको सिमाना भलाई सोता, पश्चिममा पिच सडक, उत्तरमा बबई नदी र दक्षिणमा धार्मिक वन सिमानासम्म मदिराजन्य वस्तुको बेचबिखन तथा सेवनमा निषेध गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस