नवलपरासी (बर्दघाट सुस्ता पूर्व), असार ७ । लगातारको वर्षाका कारण नारायणघाट–बुटवल सडकखण्डमा सवारी आवागमनमा असहज अवस्था उत्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा २०८२ असार ६ गते बसेको बैठकको निर्णयअनुसार सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त सडकखण्डमा ठूला र भारी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक पटक–पटक बगाउँदै आएको वर्षाका कारण नयाँ निर्माण भएको पुल सञ्चालनमा नआएसम्म तथा दाउन्ने क्षेत्रका केही स्थानमा ग्राभेल राखेर भइरहेको मर्मत कार्य सम्पन्न नहुन्जेलसम्मका लागि मिति २०८२ असार ७ गतेदेखि अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म भारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

त्यस्तै, सो सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको जनाइएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै असुविधाप्रति आयोजनाले क्षमाप्रार्थना गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस