रोल्पा, १५ असोज । हिन्दूहरूको महान् चाड विजयादशमीको अवसरमा रोल्पा जलजला यातायात प्रा.लि.ले यस वर्ष पनि विभिन्न रुटमा क्यू–फ्रि सेवा सञ्चालन गर्ने भएको छ। यात्रु तथा व्यवसायीलाई सहज बनाउन काउण्टरमार्फत सो सेवा उपलब्ध गराइने समितिले जनाएको छ।
यातायात समितिका अनुसार तोकिएका मितिमा सुचनामा उल्लेखित रुटमा क्यू–फ्रि सुविधा प्रदान गरिनेछः
रोल्पा जलजला यातायातका कार्यालय प्रमुख डिल्लीराज आचार्यका अनुसार तोकिएका मितिमा सम्बन्धित बुकिङ काउन्टरका कर्मचारीले उक्त निर्णयअनुसार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।













