घाेराही, १ असाेज । घाेराही उपमहानगरपालिका १७ भैसाहीमा रहेकाे सिद्ध एकेडेमीले बाढीपीडितका लागि २५ हजार आर्थिक सहयाेग गरेकाे छ ।

भदाै १० गते भाेटेकाेशीमा आएकाे बाढीका कारण रसुवा, नुवाकाेट, धादिङ, चितवन लगायतका जिल्लाका बाढीपीडितका लागि विद्यालयले राहत रकम प्याब्सन दाङकाे खातामा जम्मा गरेकाे प्रिन्सिपल यशु पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेका अनुसार प्रधानमन्त्री विपद राहतकाेषका लागि विद्यालयकाे तर्फबाट प्याब्सन दाङकाे खातामा २५ हजार रकम जम्मा गरिएकाे हाे ।

मानवताका लागि सहयाेगि भावनासहित विद्यालयले बाढीपीडितकाे दुःखमा साथ दिन उक्त रकम सहयाेग गरिएकाे प्रिन्सिपल पाण्डेले बताउनुभयो । विपद्काे समयमा पिडितहरुलाई सहयाेग गर्नु हरेक मानवकाे कर्तव्य रहेकाे भन्दै प्रिन्सिपल पाण्डेले बाढीपीडितलाई सहयाेग गर्न सबैमा अपिल गर्नुभएकाे छ ।

प्याब्सन दाङकाे खातामा जम्मा गरिएकाे राहत रकमलाई प्याब्सन दाङले एकमुष्टरुपमा प्याब्सन केन्द्रकाे खातामा जम्मा गर्नेछ भने केन्द्रले देशभरका निजी विद्यालयबाट प्राप्त राहत रकमलाई प्रधानमन्त्री विपद् राहत काेषमा जम्मा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस