काठमाडौँको सिंहदरबारको पश्चिम द्वार अगाडि मङ्गलबार सहभागी प्रदर्शनकारी । ‘जेनजी’ पुस्ताले विधि प्रक्रियाको पक्षमा हिजोदेखि सुरु गरेको आन्दोलनका क्रममा आज निषेधाज्ञाको अवज्ञा गर्दै सिंहदरबारको पश्चिम गेट अगाडि प्रदर्शन गरेका हुन । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाण्डौ, भदाै २५ । ‘जेन्जी’ प्रतिनिधिहरू र सेनाको शीर्ष नेतृत्वबीच आज औपचारिक वार्ता हुने भएको छ । गएराति जेनजी प्रतिनिधिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग सामान्य तहमा कुराकानी गरेपछि आज औपचारिक वार्ता राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुँदैछ ।

आज हुने वार्तामा नयाँ सरकार गठनदेखि आगामी प्रक्रियाका विषयमा छलफल हुनेछ । जेनजी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ चुनावको माग गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।

त्यसअघि काठमाण्डौका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग वार्ता गर्न तयार रहन जेन–जीलाई भन्नुभएको थियो । तर, यसका लागि संसद् विघटन गर्नुपर्ने उहाँको शर्त छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस