घाेराही, १८ असार । घाेराही उपमहानगरपालिका १६ सर्रामा रहेकाे ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लबकाे अध्यक्षमा प्रनित रिजाल निर्विराेध निर्वाचित भएका छन् ।
सिर्जनशील बाल क्लबका उपाध्यक्ष एन्जल भुसालकाे अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे वार्षिक साधारणसभाले रिजाललाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । निवर्तमान विद्यालय कप्तान र जुनियर रेडक्रस सर्कलकाे पूर्व सचिवकाे जिम्मेवारी समेत सम्हालेका रिजालकाे अध्यक्षमा एकल उमेदवारी परेकाे थियाे ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अस्मिता चाैधरी, सचिवमा चेतना आचार्य, काेषाध्यक्षमा सुप्रिया बस्नेत, सहसचिवमा उन्नति केसी र सहकाेषाध्यक्षमा श्रृष्टि चाैधरी रहेका छन् । यसैगरी क्लबकाे सदस्यहरुमा शिखा पाेख्रेल, मन्जिशा ओली, प्रिन्सा ओली, कृतिका केसी र सुविज्ञा ओली रहेका छन् ।
बिहिवार पुरानाे कार्यसमितिकाे समयावधि समाप्त भएपछि नयाँ कार्यसमिति गठन गरिएकाे थियाे ।
विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्व विकाससँगै उनीहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न र बाल अधिकार सुनिश्चितताका लागि अग्रनी भूमिका निर्वाह गर्न क्लबहरुलाई सक्रिय बनाइएकाे विद्यालयले जनाएकाे छ।
सिर्जनशील बाल क्लबका सहसचिव राहुल चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे सभाकाे सहजीकरण सचिव सुदिक्षा ओलीले गरेकी थिइन ।











