घाेराही, २५ असार । घाेराही नगर खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेकाे छ । ११औं राष्ट्रिय हप्किडाे च्याम्पियनसिप २०२६ का स्वर्ण, रजत र कास्य पदक विजेता एवम् उत्कृष्ट रेफ्रीलाई एक कार्यक्रम गरि सम्मान गरिएकाे हाे ।
घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र पुनकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा घाेराही उपमहानगरपालिकाकाे प्रतिनिधित्व गरि ११औं राष्ट्रिय हप्किडाे च्याम्पियनसिप २०२६ का विजेता तथा रेफ्रीलाई सम्मान गरिएकाे हाे ।
११औं राष्ट्रिय हप्किडाे च्याम्पियनसिप २०२६ मा घाेराही उपमहानगरपालिकाबाट प्रतिनिधित्व गरि पुरुषतर्फ ५२ देखि ५६ केजी ताैलमा किरण बिकले स्वर्ण पदक प्राप्त गर्नुभएकाे थियाे भने साेही ताैलमा महिलातर्फ बसन्ती बुढा मगरले स्वर्ण पदक प्राप्त गर्नुभएको थियाे । यसैगरी, ६० देखि ६४ केजी पुरुषतर्फ दिपक रावत र महिलातर्फ निक्कु विश्वकर्माले स्वर्ण पदक प्राप्त गर्नुभएको थियाे । पुरुषतर्फ ६४ देखि ६८ केजी ताैलमा खिमप्रसाद बाेहरा, ६८ देखि ७२ केजी ताैलमा राजन चाैधरी र ८० केजी माथिकाे ताैलमा उमेश भट्टराईले स्वर्ण पदक प्राप्त गर्नुभएको थियाे ।
असार २० गतेदेखि २१ गतेसम्म पाेखरामा भएकाे ११औं राष्ट्रिय हप्किडाे च्याम्पियनसिप २०२६ मा पुरुषतर्फ अन्डर ४४ केजी ताैलमा नीर बिक्रम बुढा मगरले रजत पदक प्राप्त गर्नुभएकाे थियाे । यसैगरी पुरुषतर्फ ४४ देखि ४८ केजी ताैलमा काेहिन बाँठा मगर, ५२ देखि ५६ केजी ताैलमा अर्जुन बिक र ५६ देखि ६० केजी ताैलमा शरद पाैडेलले रजत पदक प्राप्त गर्नुभएकाे थियाे । पुरुषतर्फकाे च्याम्पियनसिपमा ४४ देखि ४८ केजी ताैलमा लक्ष्मण परियारले काष्य पदक प्राप्त गर्नुभएकाे थियाे ।
११औं राष्ट्रिय हप्किडाे च्याम्पियनसिप २०२६ मा रेफ्रीकाे भूमिका निर्वाह गर्नुभएका विशाल थापाले पुरुषतर्फ उत्कृष्ट रेफ्रीकाे उपाधि प्राप्त गर्नुभएकाले थापालाई पनि सम्मान गरिएकाे थियाे ।
घाेराही खेलकुद विकास समितिका सदस्य महेश बस्नेतकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे विषयवस्तुमाथि अध्यक्ष नरेन्द्र पुनले प्रकाश पार्नुभएकाे थियाे भने सहजीकरण समितिका सदस्य श्रबण कुमार खनालले गर्नुभएकाे थियाे ।












