oplus_1024

घाेराही, २८ असार । मनकामना इङलिस सेकेन्डरी बाेर्डिङ स्कुल घाेराही १७ चाैघेराकाे शैक्षिक निर्देशकमा टेकम चन्द नियुक्त हुनुभएकाे छ।

शिक्षा क्षेत्रमा झन्डै २८ वर्षदेखि निरन्तर शिक्षण गरिरहनुभएका चन्दलाई आइतबार पदभार कार्यक्रम मार्फत विद्यालयकाे शैक्षिक निर्देशककाे जिम्मेवारी प्रदान गरिएकाे छ। दाङ तथा सल्यानका विभिन्न विद्यालयहरुमा प्रधानाध्यापककाे समेत जिम्मेवारी सम्हाल्नुभएका चन्दले ज्ञानसिन्धु र दाङ भ्याली कलेजमा समेत अध्यापन गराउँदै आउनुभएको छ ।

विद्यालयकाे इसिए काेअर्डिनेटरमा कम्प्युटर शिक्षक विशाल सुनारलाई नियुक्त गरिएकाे छ। प्राथमिक तहकाे इन्चार्जमा दिपिका गिरी र पूर्वप्राथमिक तहकाे इन्चार्जमा आशाकुमारी बिकलाई नियुक्त गरिएकाे छ । विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीले पदभार कार्यक्रममा जिम्मेवारी प्राप्त शिक्षकहरुलाई टीका र खादा लगाई नियुक्ति पत्र प्रदान गर्नुभएको थियाे ।

कार्यक्रमकाे विषयवस्तुमाथि प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीले २०५९ सालमा स्थापना भएकाे विद्यालयले व्यवहारिक सीपलाई प्राथमिकतामा राख्दै दक्ष जनशक्ति निर्माणमा जाेड दिएकाे बताउनुभयाे । हाल ३०६ जना विद्यार्थीले विद्यालयमा अध्ययन गरिरहेकाे उल्लेख गर्दै प्रिन्सिपल ओलीले संख्यालाई भन्दा गुणस्तरलाई आफुले महत्व दिएकाे बताउनुभयाे ।

विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीकाे अध्यक्षतामा भएकाे पदभार कार्यक्रममा प्याब्सन दाङका सदस्य बिष्णु हमाल, प्याब्सन घाेराहीका सचिव बिमल भण्डारी, नगर सदस्य महेश बस्नेतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा नवनियुक्त शैक्षिक निर्देशक टेकम चन्द, प्राथमिक तह इन्चार्ज दिपिका गिरी र पूर्वप्राथमिक तह इन्चार्ज आशाकुमारी बिकले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रमकाे सञ्चालन इसिए काेअर्डिनेटर विशाल सुनारले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस