दाङ, ९ भदौ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, दाङको जिल्ला अधिवेशन दाङका आयुर्वेद स्वास्थ्यकर्मी प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको छ। अधिवेशनले घोराही उपमहानगरपालिकामा कार्यरत वरिष्ठ कविराज निरीक्षक डा. शारदा गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा प्रसङ्ग योगी, सचिवमा ऋषिराज शर्मा र कोषाध्यक्षमा मनिसा चौधरी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा विष्णु प्रसाद पन्थी, रजनी रावत, युद्ध बहादुर चौधरी, खगेन्द्र खड्का र नवराज डाँगी रहनुभएको छ। नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष शोभाकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुरका प्रमुख डा. मदन कुमार बी.सी. प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, लुम्बिनी प्रदेशका अध्यक्ष मोहनसिंह सुनार तथा अडान लुम्बिनीका संयोजक डा. कैलाश न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो।

अधिवेशनमा आयुर्वेद औषधि व्यवसायी संघ दाङका अध्यक्ष डा. केशव न्यौपाने, संघका पूर्व अध्यक्ष प्रकाश अधिकारी र माता मनकामना आरोग्यका सञ्चालक डा. सन्तोष गौतम लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। समाज दाङका उपाध्यक्ष ऋषिराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण सचिव बेलाराम भण्डारीले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस