सल्यान, १३ फागुन । फलफुल, जडिवुटी र तरकारी उत्पादनमा कहलिएको सल्यान प्राकृतिक स्रोतले जति भरिपूर्ण छ त्यति गरिवीमा पनि गाँजीएको छ । सल्यानमा ६९ हजार ६ सय वढि जनसंख्या गरिवीको रेखामूनि छ । यी सवै गरिवीको अन्त्य गर्न भन्दै यतिवेला जनप्रतिनिधिहरु विकासको मार्ग चित्र कोर्न कस्सीएका छन ।

स्थानीय सरकार सञ्चालनको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिहरुले सल्यानको विकासकालागि योजनावद्ध प्रयास थालेका हुन । तीन नगरपालिका र ७ गाउपालिका गरी १० वटै पालिकाका जनप्रतिनिधिहरु एउटै थलोमा जम्मा भएर सल्यानको विकासबारे साझा धारणा निर्माण गरेको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले बताए । आगामी पाँचवर्षभित्र जनताले महसुस गर्ने विकास र समृद्धिकालागि नीति र कार्यक्रम ल्याउने उनीहरुले प्रतिवद्धता जाहेर गरेका छन । जनप्रतिनिधिहरुले सल्यानको समृद्धिकालागि कृषि उत्पादनलाई प्राथमिकतामा राखेका छन । स्थानीय पकेट क्षेत्र र सम्भावनाको आधारमा कृषि उत्पादन, प्रवद्र्धनकालागि दश वटै स्थानीय तहले अनिवार्य बजेट विनियोजन गर्ने छन । कृषि प्रवद्र्धनमात्रै होइन जनप्रतिनिधिहरुले जमिन बाँझो राख्नेलाई दण्डीत र नमूना कृषकलाई पुरस्कृत गर्ने नीतिगत व्यवस्था गर्ने भएका छन । कुन क्षेत्रमा के उत्पादन हुन्छ, त्यसको सम्भाव्यता अध्ययन गर्छौ र किसानलाई उत्पादनकालागि स्थानीय तहबाटै प्रोत्साहनको व्यवस्था गर्छौ, कपुरकोट गाउपालिकाका अध्यक्ष भिमबहादुर सेनले भने,,–तर जमिन बाँझो राख्न पाइने छैन, आफुले खेति गर्न नसके करारमा अरुलाई दिइने छ त्यसो गर्न नमान्नेलाई दण्डित पनि गरिनेछ । उनले जमिन हुदाहुदै बाँझो राख्नेलाई थप कर लिएर दण्डित गर्ने बताए ।

सल्यानबाट अहिले रोजगारीकालागि १४ हजार २ सय १३ वढि नागरिक बाहिरीएका छन । हातमुख जोड्ने जोहोकै लागि वाहिरीनुपर्ने वाध्यतालाई अन्त्य गर्ने जनप्रतिनिधिको प्रतिवद्धता छ । उनीहरुले सल्यानमा हुने खाद्यअधिकारका घटनाको अभिलेख गरी न्याय निरुपण गर्ने साझा धारणा तयार गरेका छन । उनीहरुले खाद्यअधिकार सुनिश्चित गर्न कृषक परिचय पत्रको व्यवस्था गर्ने र कृषि तथा पशु विमाको व्यवस्था गर्ने योजना बनाएका छन । त्यस्तै पर्यटन, गुणस्तरीय शिक्षालाई पनि जनप्रतिनिधिहरुले उत्तिकै प्राथमिकतामा राखेका छन । सल्यानमा रहेका खैरावाङ, कुमाख, छायाँक्षेत्र, कुपिण्डेलगायतका धार्मिक एवं पर्यटकिय स्थलको गुरुयोजना बनाई जिल्लाको आर्थिक विकासको माध्यम बनाइने कुमाख गाउपालिकाकी अध्यक्ष दीलमाया बुढामगरले बताइन । हामीसंग प्राकृतिक स्रोत पनि प्रशस्तै छन, पर्यटकिय क्षेत्र पनि त्यत्तिकै मात्रामा छन अध्यक्ष बुढाले भनिन,– यीनै स्रोत साधनलाई अधिकतम परिचालन गरेर आत्मनिर्भर हुने हाम्रो योजना छ ।

सल्यानका जनप्रतिनिधिहरुले जिल्लाको विकासकालागि भ्रष्टाचारलाई चुनौतिको रुपमा लिएका छन । विकासे योजनामा समेत भागवण्डा गरेर खाने प्रवृत्तिको अन्त्य र समाजका सवै तहतप्कामा सुशासन कायम गर्न शुन्यसहनशीलता अपनाउने जनप्रतिनिधिहरुले प्रतिवद्धता समेत जनाएका छन । त्यसकालागि सवै स्थानीय तहले कानुन बनाएर लागु गर्ने योजना रहेको कुमाख गापाकी अध्यक्ष दिलमाया बुढाले बताइन । सुशासन, सामाजिक सुरक्षा, सवैखाले विभेद अन्त्यकालागि स्थानीय कानुन निर्माण गर्ने उनीहरुको योजना छ । जनप्रतिनिधिहरुले आफनो कार्यकालमै सल्यानका सवै नगर र गाउपालिकालाई स्माट गाउ÷नगर बनाउने भन्दै १७ वुदे सल्यान घोषणापत्र समेत जारी गरेका छन । नमूनायोग्य सल्यान बनाउने कुरामा दशवटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिवद्धता जनाउनु भएको छ त्यसमा हाम्रो पनि प्रतिवद्धता छ जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले भने,– घोषणापत्रअनुसार काम गर्न सहजीकरण र काम भएनभएको अनुगमन पनि हामीले गर्नेछौ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस