घोराही, १ मंसिर । सातौँ राष्ट्रिय कर दिवस २०७५ का अवसरमा दाङको घोराही सिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट काठमाडौँले ७ औँ राष्ट्रिय कर दिवसका अवसरमा घोराही उपमहानगरपालिका ४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिलाई सम्मान गरेको हो ।
मिति २०६५ साउन १ गते देखि २०७५ असार मसान्तसम्म समयमै मूल्य अभिवृद्धि कर विवरण र कर बुझाएका करतादामध्ये बितेको आर्थिक वर्ष २०७३/२०७४ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो । साथै उद्योगले वार्षिक करिब ३ करोड रुपैयाँ बराबरको रकम सामाजिक काममा पनि लगाउँदै आएको जनाएको छ ।
सकड निर्माण, सिमेन्ट सहयोग, धुलो नियन्त्रण, साँस्कृतिक कार्यक्रममा सहयोग तथा अन्य कार्यक्रमहरुका लागि आर्थिक सहयोगमार्फत वार्षिक ३ करोड रुपैयाँ सामाजिक काममा लगाएको उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस