दाङ, ९ मंसिर । भूतपूर्व प्रहरीहरुले पेन्सनपट्टा धितो राखेर ऋण पाउने भएका छन् । माछापुच्छ्रे बैंकसँग शनिबार घोराहीमा भएको दुईपक्षीय छलफलमा यस्तो सहमति भएको हो ।

बैकसँग आधिकारिक निर्णयको लागि संगठनका केन्द्रीय अध्यक्ष बसन्तराज कुवँर र बैंकका केन्द्रीय सुरक्षा प्रमुख यावद खनालसमेत दाङ आएकाे पूर्व प्रहरी संगठन दाङका अध्यक्ष रोबरबहादुर बस्नेतले बताउनुभयाे ।

बैंकले प्रतिपेन्सनपट्टा तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर्व प्रहरीहरुको आर्थिक उन्नतिको लागि लगानी गर्न बैंक तयार रहेको दाङ शाखा प्रमुख घनेन्द्रविक्रम पाण्डेले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस