तुलसीपुर, १९ मंसिर । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले व्यावसायिक सुरक्षामा ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ । बुधबार तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा भेटघाटका क्रममा डिआइजी अधिकारीले राज्यको प्रमुख आयश्रोत र लगानी गर्ने उद्योगी व्यवसायीहरुको सुरक्षा र व्यावसायिक सुरक्षालाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरिक्षक अधिकारीले विगतका केही घटनाक्रमलाई आत्मसाथ गर्दै प्रहरीले अपराध र अपराधीलाई पहिचान गर्न नयाँ रणनीति र प्रविधिको प्रयोगको अभ्यासको समेत थालनी गरेको जानकारी दिनुभयो ।

उहाँले विभिन्न सहरहरुमा हर्न निषेध गरेर ध्वनि प्रदूषण कम गर्न र सडक सुरक्षालाई सुधार गर्न समेत स्थानीयहरुले सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन उद्योगी व्यवसायी र स्थानीय तहको समेत महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिँदै सबै निकायहरु आयोजक भएर हातमा हात मिलाउनुपर्ने धारणा राख्नुभयो ।

स्वातग कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष विमल रिजाल, वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, सामुदायिक प्रहरी केन्द्रकी अध्यक्ष नारायणी रजौरे, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस