दाङ, २६ मंसिर । जिल्ला समन्वय समिति दाङले पेश्की फछ्यौट कार्यमा कडाइ गर्ने भएको छ । जिल्ला समन्वय समितिमा  विभिन्न संघसंस्था,  उपभोक्ता समिति र व्यक्तिको नाममा रहेको पेश्की हालसम्म पनि फछ्यौट नभएको भन्दै समितिले यस्तो निर्णय गरेको हो । बुधवार बसेको जिल्ला समन्वय समिति दाङको बैठकले तत्काल सूचना प्रकाशित गरेर पेश्की फछ्यौट गर्न आउन अनुरोध गर्ने निर्णय गरेको छ ।
सूचना प्रकाशित गर्दासम्म पेश्की फछ्यौट नगरेमा पत्रपत्रिकामा नामावली प्रकाशन गर्ने समेत निर्णय गरेको छ । त्यसैगरी जिल्ला समन्वय समितिमा रहेका पुराना सामानको लिलाम बिक्रीको लागि सूचना प्रकाशित गर्ने निर्णय समेत समितिले गरेको छ । समितिले विकास निर्माण  र नदीजन्य पदार्थको अनुगमन कार्यलाई प्रभावकारी बनाउने र विगतमा भएका निर्णयलाई कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस