घोराही, १४ पुस । घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको स्टार बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार बाह्रकुनेमा सम्पन्न भयो ।

संस्थाका अध्यक्ष पिताम्वर शर्माको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन घोराही उपमहानगरपालिका वडा नंं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेले गर्नुभएको थियो । उक्त अवसरमा बोल्नेहरुले सहकारीका संचालकहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बारेमा पनि ध्यान दिनुपर्ने बताएका थिए ।

सहकार्यका आधारमा सहकारी संचालन हुने र सहकारीमा माध्यमबाट आर्थिक रुपमा बिपन्न र पछि परेकाहरुको उत्थान गर्न सकिने भन्दै बक्ताहरुले सहकारीका माध्यमबाट सामान्य नागरिकको जीवन परिवर्तन गर्न सकिने बताएका थिए ।

कार्यक्रममा वडाध्यक्ष रमेश पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य टंकप्रसाद पोखरेल, सल्लाहकार पुष्पराज आचार्य, राप्तीपोष्ट दैनिकका सम्पादक शरद अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सचिव शालिकराम थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष धीरज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक आनन्द पन्थीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवसरमा उत्कृष्ट बचतकर्ता उदयराज पोख्रेल, दानबहादुर अधिकारी, धीरण गौतम, अप्सरा जमरकट्टेल र विनोद पन्तलाई सम्मान गरिएको थियो । कर्मचारीहरु रुद्रमणि आचार्य, गीता डिसी, सुस्मीता केसी र सीता रावत र शर्मिला चौधरीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा कृष्ण पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस