घोराही, २३ जेठ ।
सेटिङ नं. १ः बैशाखको महिना रातभर स्थानीयले नदीजन्य पदार्थ चोरी भइरहेको खबर गरेपछि चोरी रोक्न तत्काल हिँडेको टोली पातुखोला नपुग्दै दर्जनौं टिप्पर र जेसिबी भागे । जिससकै पदाधिकारी चोरी रोक्न पातुखोला जाँदै थिए । तर टोली आउँदै गरेको सूचना पहिल्यै पु¥याइएकै कारण चोरको बदमासी हेरेर रित्तो हात टोली घोराही फर्कियो ।

सेटिङ नं. २ः बैशाखकै महिना हो, घोराहीको सिस्नेखोलामा अवैध रुपमा ढुंगा उत्खनन् भइरहेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसहितको जिससको पदाधिकारीको टोली घटनास्थल पुग्यो । ढुङ्गा उत्खनन्मा प्रयोग गरिएको जेसिबी रङ्गेहात पक्राउ प¥यो । तर जेसिबी जिसस आइपुगेन प्रहरीले बाटोबाटै भगायो । त्यसको जानकारी अहिलेसम्म दिएको छैन प्रहरीले ।
सेटिङ नं. ३ः वैशाखकै महिना हो, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी स्थानीयको सूचना पाएलगत्तै नदीजन्य बस्तु चोरी रोक्न टिम लिएर हतार हतार अमेलिया हानिनुभयो । सूचना लिक हुन्छ भन्ने डरले केसीले आफ्नै टिमलाई अमेलिया माछा खान जाऔँ भन्दै घटनास्थल पु¥याउनुभयो । टोलीले अवैध उत्खनन् गरिरहेका ४ वटा ट्रेक्टर पक्राउ ग¥यो । अमेलिया प्रहरीलाई जिम्मा लगाएर मेयर लमही नफर्किदै उत्खनन् क्षेत्र बाँकेमा पर्ने भन्दै प्रहरीले सबै ट्रेक्टर छोडिदियो ।
सेटिङ नं. ४ः चैतको महिना हो बहुला खोलामा अवैध उत्खनन् गरिरहेका २ वटा नदीजन्यवस्तु बोकेका ट्रेक्टर र जेसिबीलाई रङ्गेहात पक्राउ गरेर शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले चिराघाट प्रहरीमा बुझाउनुभयो । ट्रेक्टरमा लोड गरिएको नदीजन्य वस्तु रातारात फालेर प्रहरीले भोलिपल्ट खाली ट्रेक्टर राख्न नमिल्ने भन्दै छोडिदियो ।
सेटिङ नं. ५ः जेठको पहिलो हप्ता हो जिससले जिल्लामा सञ्चालित २७ क्रसर उद्योग अनुगमन ग¥यो, जसमा स्वीकृतभन्दा दोब्वर नदीजन्यवस्तु फेला पा¥यो । अवैध वस्तुको राजश्व बुझाउन जिससले पत्र काट्यो तर व्यवसायीहरुले सेटिङमा ठूलो रकम खर्च भएकाले मिलाएर राजश्व लिइदिन अनुरोध गरे ।
जिल्लाको नदीजन्य वस्तुको अवैध उत्खनन् र निकासी सरोकारवालाहरुकै सेटिङमा हुने गरेको माथिका घटनाक्रमले पुष्टि गरेको छ । त्यसमा कर्मचारी, प्रहरी, प्रशासन, राजनीतिक दल, जनप्रतिनिधिहरुकै संलग्नता देखिएको छ । ‘प्रमाण छैन कसैलाई तोकेर भन्नु हुँदैन’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले कार्यालयमै आयोजना गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो, ‘देशको ठूलो राजश्व सेटिङमै सकिएको छ ।’
लामो समयदेखि सेटिङमै तस्करी गर्ने र राज्यलाई ठूलो राजश्व ठग्ने काम गरिरहेकाले जनप्रतिनिधि आइसकेपछि त्यसलाई भत्काउने काम गरेको उहाँको भनाइ छ । ‘लामो समयदेखि सेटिङमै चलेको रहेछ, हामी आइसकेपछि त्यसलाई भत्काएका छौँ’ जिसस प्रमुख नेपालीले भन्नुभयो ‘क्रसर उद्योगहरु राजश्वको दायरामा आउँदैछन्, क्रसर सञ्चालकलाई पनि राजश्व तिरेर गर्वका साथ व्यवसाय गर्ने अवस्था आउँदैछ ।’ क्रसर उद्योगले झण्डै १० लाख बढी राजश्व जिससमा जम्मा गर्ने तयारी भइरहेको छ ।
यसवर्ष सिस्नेखोला, राप्ती नदी, पातुखोला, ग्वार खोलालगायतका थुप्रै ठाउँबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी भएको जिससले जनाएको छ । त्यस्ता ठाउँमा भएको नदीजन्य वस्तुको कारोवार रोक्न खोज्दा ज्यान मार्नेसम्मका धम्की खेप्नुपरेको जिसस प्रमुख नेपालीले बताउनुभयो । उहाँले अवैध उत्खनन्ले दाङमा पानीका मुहान सुक्दै गइरहेको र मरुभूमिकरण हुँदै गएकाले ज्यानको दाउ राखेर पनि अवैध उत्खनन् रोक्ने र तस्करीको सेटिङ भत्काउने प्रतिबद्धता जनाउनुभयो ।

राजश्व सङ्कलनमा दोब्बर बृद्धि
जिससले बितेको १० महिनामा नदीजन्य वस्तुको अवैध उत्खनन् रोक्ने विषयमा गरेका काम सार्वजनिक गर्दै  अवैध उत्खनन्मा संलग्न ३ सय ९९ साधनबाट २८ लाख ५० हजार राजश्व सङ्कलन गरेको जनाएको छ । जसमा २६ जेसिवी, २४ टिप्पर र ३ सय ४९ टे«क्टरलाई जरिवाना गरिएको छ । जिससले गतवर्ष झण्डै १२ लाख राजश्व सङ्कलन गरेको थियो । सेटिङमै कारोवार हुने देखिएपछि जिससले गत महिनामात्रै एउटा साधनबाट न्युनतम २० हजारदेखि १ लाखसम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस