नायिका आना शर्मालाई चलचित्रको कार्यक्रममा खासै देख्न पाइदैन । आना चलचित्रमा कम, व्यक्तिगत जीवनमा बढी रमाइरहेकी छिन् । यसैले पनि उनले चलचित्रमा अभिनय पनि कम गरेको पाइन्छ । यसैले पनि आना शर्मा कुनै सार्वजनिक कार्यक्रममा पुग्दा उनीप्रति मिडियाको नजर पर्नु स्वभाविक नै हो ।

बिहिबार बेलुकी आयोजना भएको चलचित्र ‘रणवीर’को प्रिमियरमा पुगेकी आना शर्मालाई क्यामेरामा कैद गर्न फोटोपत्रकारको तछाडमछाड देखियो । जाडो मौसममा पनि खुलेकी आना मिडियाको क्यामेरामा पोज दिन व्यस्त देखिइन् । आना शर्मा अभिनित एक अंग्रेजी भाषामा बनेको नेपाली चलचित्र चाडै नै प्रदर्शनमा आउँदैछ । चलचित्र ‘जेरी’बाट हिट भएपनि ‘ग्याङस्टार ब्लूज’ असफल भएपछि आना सुस्ताएकी छिन् । (स्रोत: अनलाइनखबर)

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस