घोराही, २० पुस । बाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ श्रीमद्भागवत महायज्ञ अनुगमन समितिको बैठक सम्पन्न भएको छ । अनुगमन समितिका संयोजक प्रा.डा. अर्जुन बुढाथोकीको अध्यक्षतामा अनुगमन समितिको बैठक  सम्पन्न भएको हो । बैठकले  बाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ दाङको  दाङको भौतिक  पूर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यही माघ ३ गते देखि ११ गतेसम्म हुने ज्ञान महायज्ञ सभ्य र भव्य रुपमा सम्पन्न गर्ने  निर्णय गरेको छ ।
साथै बैठकले अपेक्षति आर्थिक संकलन गर्नको लागि आफ्नो तह तप्काबाट सहयोग गर्ने निर्णय गरेको थियो । यसैबीच टोल विकास संस्था समन्वय तथा परिचालन  उपसमिति र मातृ शक्ति परिचालन उपसमितिको बैठक समपन्न भएको छ । टोल विकास संस्था समन्वय तथा परिचालन  उपसमिति वडा नं. १५ का संयोजक खुमा खड्काको अध्यक्षतामा सम्पन्न बैठकले सबै टोल विकास संस्था र सम्पूर्ण मातृ शक्ति सदस्यहरुलाई महायज्ञमा पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरिएको मुल आयोजक समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो ।
महायज्ञको अनुगमन तथा बैठकमा संयोजक विमला योगी, सह–संयोजक कुलबहादुर घर्ती, विद्यालयकी प्रधानाध्यापक तथा दाता पहिचान तथा समन्वय उपसमिति संयोजक वाल्मी केसी र सचिवालय सदस्य गोपालप्रसाद भुषालको उपस्थिति रहेको थियो । महायज्ञको  तयारी तीब्र रुपमा रहेको मुल आयोजक समितिका निर्देशक प्राध्यापक डा. अर्जुन  बुढाथोकीले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस