दाङ, २१ असार । दार्मा गाउँपालिका सल्यानबाट सङ्कलन गरिएका २ सय १० स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकामा कार्यरत दुईजना कर्मचारीसहित ५ जनामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले यही असार १६ गते गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय व्यवसायीहरुको समेत स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाएको थियो ।

स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले २ सय १० जनाको भेरिफाइको काम सकिएको र थप १९ जनाको भेरिफाइ गर्ने काम भइरहेको बताउनुभयो । अन्तिम नतिजा केही समय पश्चात् स्वास्थ्य शाखाले सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

सङ्क्रमित देखिएका ५ जनाको समेत पछिल्लो रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । सल्यान खलङ्गाको आइसोलेसनमा बसिरहेका उनीहरु आजै डिस्चार्ज भएर फर्किन लागेको समेत अध्यक्ष केसीले बताउनुभयो ।

हालसम्म कोरोना सङ्क्रमित भएका १४ जना नै निको भइसकेको गाउँपालिकाले बताएको छ । हाललाई पालिकामा जोखिम टरिनसकेकोले उच्च सावधानी अपनाएर आफ्ना नियमित गतिविधि गर्न समेत गाउँपालिकाले सम्पूर्णमा अनुरोध गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस