दाङ, भदौ ८ । दाङको गढवा गाउँपालिका–१ धोर्देमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
ना.८ ख ८२५९ नम्बरको टिपर र लु.३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किँदा प्युठानको ऐरावती गाउँपालिका–५ का २० वर्षीय सुशिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको भालुवाङ अस्पतालमै उपचार भइरहेको छ। सोही घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।












