काठमाण्डाै, ८ असाेज । करेन्ट लागेर रुपन्देहीमा श्रीमान्–श्रीमतीको ज्यान गएको छ । गैडहवा गाउँपालिका वडा नम्बर ६ कानिजवाका ७५ वर्षीय रामरतन सैठवार र उहाँकी श्रीमती ६८ वर्षीया अकाली सिंह सैठवारको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आज बिहान विद्युतीय मोटरको तार जोड्ने क्रममा उनीहरूलाई करेन्ट लागेको हो । बिहान पानी तान्न पावर सकेटमा मोटरको तार जोड्दा अकाली सिंहलाई करेन्ट लागेको र श्रीमतीलाई करेन्ट लागेको देखेपछि छुटाउन गएका रामरतनलाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
तारमा पावर सकेटमा जोड्ने टुपिन नभएको र नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको पाइएको प्रहरीले जनाएको छ ।












