प्याब्सन घाेराहीद्वारा महाशाखा प्रमुखलाई स्वागत

घाेराही, २७ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख रामबहादुर हमाललाई स्वागत तथा सम्मान गरेकाे छ। प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सरुवा भइ घाेराही उपमहानगरपालिका समाजिक विकास महाशाखामा आउनुभएका महाशाखा प्रमुख रामबहादुर हमाल, शिक्षा अधिकृतद्वय भवानी गिरी र अन्जु शर्मालाई स्वागत तथा सम्मान गरिएकाे...

शान्तिपूर्ण जागरण सभाको तयारी पुरा

घोराही, २५ असोज । नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रले यहि असोज २६ गते घोराहीमा आयोजना गरेको शान्तिपुर्ण बृहत जनजागरण सभाको तयारी पूरा भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कार्बाही र नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुती र लुटिएका सरकारी तथा ब्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै पार्टीको जनसंगठन समन्वय...

लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

दाङ, २५ असाेज । देशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सिमा मानी योजना, कार्यक्रम कार्यन्वयनमा लैजान र मितव्ययिता अपनाउन प्रदेश सरकार मातहतका...

बालेन र गुरुङका बिरुद्ध दाङमा जाहेरी दर्ता

घाेराही, २३ असोज। अनेरास्ववियु दाङले GEN Z आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र अराजकतामूलक गतिविधि गर्न उस्काएको आरोपमा बालेन साह र सुदन गुरुङका बिरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा जाहेरी दर्ता गरेको छ। अनेरास्ववियुको केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्ला अध्यक्ष प्रदिप बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा जाहेरी दर्ता गर्दै आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र भीडलाई उक्साउने कार्य भएको हुँदा...

२६ गते एमाले दाङकाे खबरदारी सभा

घाेराही, २२ असाेज । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज सम्पन्न भएको छ। संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले आगामी असोज २६ गते घोराहीमा खबरदारी सभा गर्ने निर्णय गरेको हो । बैठकले हालको राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरताकातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारी सभाको तयारी थालिएको जनाएको छ। संयोजक बुढाथोकीका अनुसार विधिको...

कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमाण्डौ, २१ असोज । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष त्यो दिन दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले...

पछिल्लो वर्षाजन्य विपदमा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो, ७ जना बेपत्ता

काठमाण्डाै २० असोज । गएको शुक्रवारदेखि भएको वर्षाका कारण उत्पन्न विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ जना पुगेको छ । प्रहरीका अनुसार पहिरो, बाढी र गाडी दुर्घटनामा परेर ज्यान गुमाउनको सङ्ख्या ४९ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सबैभन्दा धेरै इलाममा ३७ जना रहेका छन् । यस्तै रौतहटमा ३, उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन्...

विभिन्न क्षेत्रमा भारी बर्षाको सम्भावना

काठमाडौँ , १९ असोज । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको सक्रियताले देशभर वर्षा र बदलीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा समेत यस्तै मौसम रहने पूर्वानुमान गरिएको छ । यसबाहेक कोशी, मधेश, बागमती...

नागढुङ्गा चेकपोष्टबाट २ सय ५० गाडीहरु फर्काइए

दाङ, १८ असोज । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका दुई सय ५० गाडीलाई काठमाण्डौतर्फ नै फर्काएको छ । धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले दुई सय ५० भन्दा बढी गाडीलाई काठमाण्डौ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । आज विहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो...

रोल्पामा सवारी आवागमनमा अस्थायी रोक

भरत वली रोल्पा, १७ असोज । लगातारको भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लाभित्र सवारी आवागमनमा अस्थायी रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको असोज १७ गते बसेको बैठकले असोज १७ देखि २१ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ५:३० बजेसम्म शहीद मार्ग र ग्रामीण भेगका भित्री सडकहरूमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। यस्तै, माडीचौर–घर्तीगाउँ खण्ड...

ताजा समाचार