आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै

काठमाण्डौ, १६ असोज । आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका...

मुख्यमन्त्री सचिवालयप्रति आएका समाचार भ्रमपूर्ण : सचिवालय

दाङ, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयसँग जोडेर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीहरू भ्रमपूर्ण रहेको सचिवालयले जनाएको छ । सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार र विज्ञहरूको नियुक्ति गरिएको भए पनि माननीय मुख्यमन्त्रीज्यूले ती सल्लाहकार तथा विज्ञहरुलाई विदा गरिसक्नुभएकोले...

नवरात्रको अन्तिम दिन महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

काठमाण्डौ,  १५ असोज । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज  विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र...

विजयादशमीमा रोल्पा जलजला यातायातको विभिन्न रुटमा क्यू–फ्रि सेवा

रोल्पा, १५ असोज । हिन्दूहरूको महान् चाड विजयादशमीको अवसरमा रोल्पा जलजला यातायात प्रा.लि.ले यस वर्ष पनि विभिन्न रुटमा क्यू–फ्रि सेवा सञ्चालन गर्ने भएको छ। यात्रु तथा व्यवसायीलाई सहज बनाउन काउण्टरमार्फत सो सेवा उपलब्ध गराइने समितिले जनाएको छ। यातायात समितिका अनुसार तोकिएका मितिमा सुचनामा उल्लेखित रुटमा क्यू–फ्रि सुविधा प्रदान गरिनेछः रोल्पा जलजला यातायातका कार्यालय प्रमुख डिल्लीराज आचार्यका अनुसार तोकिएका मितिमा सम्बन्धित बुकिङ...

पूर्व विद्यार्थीबीच शुभकामना आदानप्रदान

घाेराही, १४ असाेज । माध्यमिक विद्यालय हापुर बिजाैरी दाङका पूर्व विद्यार्थीहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। बडा दशैं, दीपावली, नेपाल सम्वत र छठ पर्वका अवसरमा समाजले विद्यालयकाे सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे । पूर्व विद्यार्थी समाज हापुर बिजाैरी माविका अध्यक्ष विष्णु हमालकाे अध्यक्षता एवम् वडा नं. १२ का अध्यक्ष द्राेण बहकरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा...

फाटिएका मनहरु चाडपर्वमा जाेडिनुपर्नेमा जाेड

घाेराही, १२ असाेज । विविध कारणले फाटिएका मनहरु चाडपर्वमा जाेडिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन् । एकआपसमा सिर्जित मनमुटाव, रिसरागका भावनाकाे अन्त्य गर्दै चाडपर्वमा आपसी मेलमिलाप, सद्भाव कायम गर्न आ-आफ्ना तर्फबाट सबै लाग्नुपर्नेमा वक्ताहरुले जाेड दिएका थिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले घाेराही १३ बाह्रकुने दहमा आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा प्रिन्सिपलहरुकाे वनभाेज...

चाडपर्वको समयमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन सरकारलाई आयाेगकाे निर्देशन

काठमाण्डाै, १२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वको समयमा सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन र शान्ति–सुरक्षाको अवस्थालाई मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने सम्भावना रहनेतर्फ सरकारको...

दाङ–सल्यानको सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना : ३ जनाको ज्यान गयो

दाङ, १२  राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई जना पुरुष र एक महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । रुकुमबाट दाङ तुलसीपुरका लागि छुटेको लु २ ख ६५०२ नम्बरको माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।...

दाङ रामपुरका ८ वर्षीय बिनोद प्युठानकाे पाेखरीमा डुबेर मृत्यु

दाङ, ११ असाेज । प्युठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्बर-०४ भिङ्ग्री सातमोडेमा रहेको सातमोडे सिचाइ पोखरीमा डुबेर आज (शनिवार) एक बालकको मृत्यु भएको छ । दाङ रामपुर घर भएका भिम बहादुर परियार र श्रीमती लक्ष्मी  परियारका ८ वर्षीय छोरा बिनोद परियार लगाएत सहपरिवार प्युठानकाे भिङ्ग्री वरपरकाे क्षेत्रमा मजदुरी गरेर  जीविकोपार्जन गर्दै आएका थिए । सनिबार पौडी खेल्ने क्रममा ८ वर्षीय छोरा...

कामकाजमा लमही नगरपालिकाले सरकारी सवारी साधन मितव्ययी प्रयोग गर्न निर्देशन

लमही, ११ असोज । लमही नगरपालिकाले आफ्ना मातहतका सम्पूर्ण सरकारी सवारी साधन कार्यालयका कामकाजमा मात्र प्रयोग गर्न र इन्धन खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ। नगरपालिकाले जारी गरेको सूचनामा कार्यालयको लगबुक अनिवार्य रूपमा अद्यावधिक गरी सवारी साधन प्रयोग गर्नुपर्ने र सार्वजनिक बिदाको दिनमा जिल्ला प्रशासन कार्यालय, दाङको अनुमति बिना सवारी साधन नचलाउन/नचलाउनुपर्ने स्पष्ट उल्लेख गरिएको छ। सार्वजनिक बिदाबाहेक अन्य निजी प्रयोजनका...

ताजा समाचार