रोल्पा नगरपालिकाबाट कवाडी कर शिलबन्दी दरभाउपत्र आह्वान
भरत वली
रोल्पा, ११ असोज । रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नगर क्षेत्रमा तोकिएको दरमा नघट्ने गरी कवाडी कर ठेक्का बन्दोबस्त गर्न शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।
नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूले फर्मको नवीकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित...
जाजरकोटमा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दिदीबहिनीको ज्यान गयो
काठमाण्डौ, ११ असाेज । जाजरकोटमा एकै घरका दिदीबहिनीको पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ज्यान गएको छ । स्थानीय समाकोट खोलामा हिजो दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोटका धनबहादुर सिंहका छोरीहरु १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पौडी खेल्ने क्रममा बगेका उनीहरूको शव खोलाको झन्डै दुई सय मिटर तल फेला...
तुलसीपुरमा सुरक्षा योजना कार्यान्वयन, डीएसपी पराजुलीको प्रतिवद्धता
तुलसीपुर, ११ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले दशैं–तिहारलाई लक्षित सुरक्षा योजनालाई आफ्नो पहिलो प्राथमिकताका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।
काज सरुवामार्फत तुलसीपुर पुगेका डीएसपी पराजुलीले शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा शान्ति–सुरक्षा कायम राख्नु नै आफ्नो मुख्य लक्ष्य रहेको बताए । उनले तुलसीपुर क्षेत्रमा विद्यमान चुनौतीलाई अवसरका रूपमा लिन आफू प्रतिबद्ध...
एशिया कप क्रिकेट सुपर–४ को खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हरायो
काठमाण्डौ, ११ असाेज । एशिया कप टी–२० क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हराएको छ । गएराति यूएईको दुवईमा भएको खेल सुपर ओभरमा पुगेको थियो । जीतका लागि मात्र तीन रन पाएको भारत पहिलो बलमै विजयी भयो ।
वानिन्दु हसरंगाको पहिलो बलमा भारतका सूर्यकुमार यादवले तीन रन जोडे । त्यसअघि दुई सय तीन रनको लक्ष्य पछ्याएको...
मुख्य सडकहरूमा निर्वाध रूपमा गाडी सञ्चालन
काठमाण्डौ, ११ असाेज । यतिबेला देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा गाडी सञ्चालन भैरहेको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकमा पनि दुईतर्फी गाडी चलिरहेको छ ।
अस्ति बिहीवार राति पहिरो पन्छाएपछि खासै समस्या नदोहोरिएको मुग्लिन प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने सबै सडकहरुको अवस्था सामान्य रहेको छ । दशैँमा ओहोरदोहोर गर्ने यात्रुले...
चालक अनुमतिपत्र र गाडी दर्तासम्बन्धी सेवा अनिश्चितकालका लागि बन्द
काठमाण्डाै, १० असाेज । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (ईडीएल) र गाडी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
विभागले आज सूचना निकालेर गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवन काठमाण्डौको डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख गरेको छ । सर्भर मर्मतको काम भइरहेकाले अर्को सूचना नआउन्जेलसम्म सेवाहरू उपलब्ध नहुने विभागले...
दाङमा चाडपर्व लक्षित सहुलियत पसलमा चिनी अभाव, नून मात्र बिक्री
दाङ, १० असोज । चाडपर्वलाई लक्षित सहुलियत मूल्यका पसलहरू दाङमा अपेक्षाकृत सुनसान देखिएका छन् । तेल, चिनी, घिउजस्ता अत्यावश्यक सामान पर्याप्त नहुँदा नागरिकको आकर्षण बढ्न नसकेको हो । उपभोक्ताको सहजताका लागि भनिए पनि आवश्यक सामग्री नपुग्दा सहुलियत मूल्यका पसलहरू रित्ताजस्तै भएका छन् ।
घोराही उपमहानगरपालिका–१५ मा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले यस वर्षको दसैं, तिहार र छठलाई लक्षित...
लमहीमा चाडपर्व लक्षित खाद्यान्न तथा किराना पसल अनुगमन
लमही, १० असोज । चाडपर्वको अवसरमा म्याद सकिएका तथा गुणस्तरहीन सामग्रीको खरिद–बिक्री बढ्न सक्ने भन्दै लमही नगरपालिकाले शुक्रबार बजार अनुगमन गरेको छ। उपभोक्ता हित संरक्षण शाखाको पहलमा गरिएको उक्त अनुगमनमा उद्योग वाणिज्य संघ र वडा प्रहरी कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो।
अनुगमन टोलीले लमही बजारका विभिन्न खाद्यान्न र किराना पसलहरूमा पुगेर वस्तुको गुणस्तर, मूल्य सूची, म्याद र स्वच्छतासम्बन्धी अवस्था निरीक्षण...
आगजनी, तोडफोड र लुटपाट गर्ने जेन-जी होइननः मुख्यमन्त्री आचार्य
नवलपरासी, १० असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्नुभएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएर प्रभावित भएका कार्यालयहरूको सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले उहाँले अनुगमनलाई जारी राख्नुभएको हो ।
यसअघि अर्घाखाँची, प्यूठान, दाङ, बाँके र रुपन्देही जिल्लाका...
चाैतारी दाङकाे सचिवालय गठन, काेषाध्यक्षकाे जिम्मेवारी बस्नेतलाई
दाङ,१० असाेज। प्रेस चाैतारी नेपाल दाङ शाखाले संगठनकाे कामलाई चुस्तदुरूस्त र थप क्रियाशिल बनाउन ११ सदस्यीय सचिवालय गठन गरेकाे छ ।
चाैतारीकाे बिहीबार घाेराहीमा बसेकाे बैठकले अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्ष विमल याेगी, महिला उपाध्यक्ष लक्ष्मि आचार्य, सचिव निमु संगम घर्ती, सहसचिव सन्ताेष खनाल, भ्यूमान पुन, काेषाध्यक्ष महेश बस्नेत, सदस्यहरू प्रेमकुमारी पुन, दिपक वली, कमल वली र अरूण नेपाली रहेकाे सचिवालय गठन...














