जुनियर जेसीजकाे अध्यक्षमा आयुश्री र महासचिवमा अदिति
घाेराही, १ कार्तिक । त्रिभुवननगर जेसीजले शनिबार जुनियर जेसीज गठन गरेकाे छ । त्रिभुवननगर जेसीजकाे इतिहासमा पहिलाे पटक जुनियर जेसीज गठन गरिएकाे हाे ।
त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावत (अनन्त) काे अध्यक्षता एवम् नेपाल जेसीजका पूर्व काेषाध्यक्ष कुमारराज श्रेष्ठकाे प्रमुख आतिथ्यतामा १३ सदस्यीय जुनियर जेसीज गठन गरिएकाे हाे । नवगठित जुनियर जेसीजकाे अध्यक्षमा आयुश्री आचार्य र महासचिवमा...
पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम
विमल भण्डारी
घाेराही, १ कार्तिक । गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेरामा पूर्व विद्यार्थी भेला एवम् गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ।
पूर्व विद्यार्थी ठाकुर प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले विद्यालयको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न पूर्व विद्यार्थीलाई आग्रह गर्नुभयाे । प्रमुख अथिती मल्लले पछिल्लो समयमा विद्यालयले पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिइरहेकाले विद्यार्थीहरुको शैक्षिक गन्तव्य...
७ वटा गाडी एकैपटक ठोक्किए, थप विवरण आउन बाकी
काठमाण्डौँ, १ कात्तिक । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि बसको पछाडि रहेका अरू गाडी पनि ठोक्किन पुगेका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । घाइतेको यकिन सङ्ख्या आइनसकेको उहाँको...
तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै
काठमाण्डौ,१ कार्तिक । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो ।
दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले...
उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता
काठमाण्डाै, असाेज ३१ । आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले आज नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता पाँच करोड ८५ लाखमध्ये पहिलो किस्ताबापत...
जनसंगठनकाे समिक्षा बैठक सम्पन्न, पार्टी गतिविधिलाई सशक्त बनाउने
घाेराही, ३१ असाेज । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र दाङकाे समिक्षा बैठक सम्पन्न भएकाे छ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको असाेज २६ गते घाेराहीमा भएकाे शान्तिपूर्ण जनजागरण अभियानका विषयमा जनवर्गीय संगठनका इन्चार्ज तथा संयाेजकहरुसँग पार्टी कार्यालयमा समिक्षा गरिएकाे थियाे । समिक्षा बैठकमा जनवर्गीय संगठनका इन्चार्ज तथा संयाेजकहरुले अभियान सफलतापूर्वक सम्पन्न भएकाे बताएका थिए । जनअपेक्षाभन्दा धेरै जनसहभागीता र अभियान शान्तिपूर्ण...
तिहारलाई लक्षित गर्दै रोल्पामा बुस–कटिङ कार्य, विद्युत सेवा केही समयका लागि अवरुद्ध हुने
रोल्पा, ३१ असोज । तिहार पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरण, रोल्पा वितरण केन्द्रले विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन बुस–कटिङ (रुख तथा हाँगा छाँट्ने) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्राधिकरणका अनुसार उक्त कार्यका क्रममा विभिन्न स्थानका वितरण लाइनहरू केही समयका लागि अवरुद्ध हुने भएका छन् । कार्यक्रमअनुसार मिति २०८२ साल कार्तिक १ गते (शनिबार) बिहान ८:०० बजेदेखि दिउँसो...
टी–२० विश्वकप छनोट : अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दै, उपाधि जित्ने अवसर
काठमाण्डाै, ३१ असाेज । अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ । ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा हिजो यूएईले जापानलाई आठ विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरुको समिकरण पूरा भएको छ ।
एशिया तथा इस्ट एशिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्काबाहेक आईसीसीका...
देशभरको मौसम सफा
काठमाण्डौ, ३१ असाेज । काठमाण्डौ उपत्यकामा आज पनि बिहानैदेखि पारिलो घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । यसैगरी आज राति पनि देशभर मौसम मुख्यतया सफा रहनेछ ।
बालेनलाई सार्वजनिक रूपमा माफी माग्न किसान महासंघको चेतावनी
काठमाडौं, २८ असोज । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ ।
मेयर शाहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख र आधारभूत उत्पादन शक्ति किसान समुदायलाई अपमानित गर्ने,...














