जेन्जी युवाले अघि सारेका माग अनुचित थिएनन्: शंकर पोख्रेल

काठमाडौं, १७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेल जेन्जीका नवयुवाले अघि सारेको माग उचित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोख्रेलले यस्तो बताउनुभएको हो । जेन्जीका नवयुवाको माग अनुचित नभएको र सो माग त्यो सरकारले पनि पुरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा पाेख्रेलले बताउनुभयो । साथै उहाँले उनीहरूले राखेका माग सरकारसमक्ष...

शहिदहरुको स्मृतिमा एमाले दाङद्वारा रक्तदान

विजाैरी, १७ कार्तिक । बिजौरी हत्याकाण्डका शहीदहरुको स्मृतिमा नेकपा (एमाले) दाङले, बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ । मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपुर्ण र्यालीमा भएको शसस्त्र आक्रमण बाट २०५१ कार्तिक १७ गते नारायण चौधरी, कृष्ण चौधरी र पुष्प घिमिरेले सहादत प्राप्त गर्नुभएको थियो। रक्तदान कार्यक्रममा लक्ष्मण आचार्य, हुकुम बहादुर बस्नेत, मनोहर बुढाथोकी, संगीत बस्याल, सुदन केसी, माधव वली, देवु बस्नेत, प्रदिप...

युवा पुस्ताको नैराश्यता र हराउँदै गएको लेखन-अध्ययन संस्कृतिको पुस्तान्तरण

सुरेश कुमार रावत राष्ट्रको मेरुदण्ड युवा पुस्ता हो। देशको विकास, चेतना र परिवर्तनको यात्रा युवाको विचार र कर्ममा टेकेको हुन्छ। तर आजको नेपालमा यही युवापुस्ता निराशा, असन्तोष र उद्देश्यहीनताको दलदलमा फस्दै गएको देखिन्छ।  देशभित्र अवसरको अभाव, बेरोजगारी, राजनीतिक अस्थिरता र प्रविधिप्रतिको अत्यधिक आकर्षणले युवालाई मानसिक रूपमा कमजोर बनाउँदै लगेको छ। अझ चिन्ताको कुरा के भने — अध्ययन, लेखन र...

बक्यौता नतिरेकाले चार उद्योगको विद्युत् सेवा बन्द

दाङ, ४ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिर्ने चार उद्योगको विद्युत् लाइन विच्छेद गरेको छ। प्राधिकरणले आज बिहान करिब ६:२० देखि ७ बजेबीच घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टिल (अमलेखगञ्ज)को लाइन काटेको जनाएको छ। प्राधिकरणका अनुसार, यी उद्योगहरूले लामो समयदेखि डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल तिरेका छैनन्। जगदम्बा स्टिलको बक्यौता १...

शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म छैन : पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाण्डौ, ४ कर्तिक । शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विशेषगरी यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथिको घटबढले एक दिन बढेर छ दिन भएको छ । जस अनुसार गएको एक गते शनिवार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइएको छ । तर त्रयोदशी तिथिमै गरिने कागपूजा भने आइतवार गरियो...

घरघरमा लक्ष्मीपूजा मनाइँदै

दाङ, ३ कार्तिक । अाज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँशीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको...

आज कुकुर तिहार तथा नरक चतुर्दशी

काठमाण्डौ, ३ कार्तिक । आज कुकुर तिहार र नरक चतुर्दशी मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै परेको छ । नरक...

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदै

काठमाण्डौ, ३ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको...

आज काग तिहार मनाइदै

काठमाण्डौ २ कार्तिक । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा...

३ महिनामा साढे १८ प्रतिशत बजेट खर्च

काठमाण्डाै, १ कार्तिक । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती तीन महिनामा सरकारले साढे १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट...

ताजा समाचार