प्याब्सन घाेराहीद्वारा प्रिन्सिपलहरु सम्मानित
घाेराही, ८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले साताैँ वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीकाे प्रमुख आतिथ्यता तथा सह-अध्यक्ष गाेपाल प्रसाद आचार्यकाे विशिष्ट आतिथ्यतामा साधारणसभा भएकाे थियाे ।
साताैँ साधारणसभाका अवसरमा प्याब्सन घाेराहीले १० वर्षभन्दा धेरै समय अनवरतरुपमा एउटै विद्यालयमा प्रिन्सिपलकाे जिम्मेवारी...
प्याब्सन घाेराहीले ५ गते साधारणसभा गर्ने
घाेराही, ४ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले मंसिर ५ गते शुक्रबार साताैँ वार्षिक साधारणसभा गर्ने भएकाे छ ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा बसेकाे बैठकले साताैँ साधारणसभा मंसिर ५ गते बिहान ११ बजे हाेटल काैसीमा गर्ने निर्णय गरेकाे हाे । साताैँ साधारणसभालाई सम्बाेधन गर्न प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी आउने तयारी भएकाे अध्यक्ष...
हमालद्वारा चित्रकार स्मारिका सम्मानित
घाेराही, २४ कार्तिक । विभिन्न सामाजिक व्यक्तित्वहरुकाे पेन्सल स्केच (चित्र) तयार गर्ने चित्रकार स्मारिका चाैधरीलाई सामाजिक व्यक्तित्व बिष्णु हमालले सम्मान गर्नुभएको छ ।
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हमालले आफ्नाे तस्बिर तयार गर्न आग्रह गरेपछि ज्ञानमाला एकेडेमी सर्रामा कक्षा १० मा अध्ययनरत विद्यार्थी स्मारिकाले उहाँकाे तस्बिर तयार पार्नुभएकाे थियाे । हुबहु तस्बिर तयार भएपछि हमालले स्मारिकालाई प्राेत्साहन स्वरुप दुुई हजार नगद...
प्याब्सन घाेराहीद्वारा कम्प्युटर र प्रिन्टर्स सहयाेग
महेश बस्नेत
घाेराही, २३ कार्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले जिल्ला सरकारी वकिल कार्यालय दाङ घाेराहीलाई सहयाेग हस्तान्तरण गरेकाे छ। आइतबार एक कार्यक्रम गरि प्याब्सन घाेराहीले कार्यालयलाई डेढ लाख रकम बराबरकाे दुई थान कम्प्युटर र २ थान प्रिन्टर्स सहयाेग गरेकाे हाे ।
गत भाद्र २३ र २४ गतेकाे जेन जीकाे आन्दाेलनका क्रममा अराजक समुहले जिल्ला...
प्रियासनको नयाँ लुगाको पाण्डुलिपी १० दिनमै सार्वजनिक
घोराही, २० कार्तिक । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लागि रहेको नयाँ उपन्यास नयाँ लुगाको पाण्डुलिपी सार्वजनिक भएको छ ।
उपन्यास लेख्न सुरु गरेकाे १० दिनमै उहाँले पाण्डुलिपी सार्वजनिक गर्नु भएको हो । उपन्यासको पाण्डुलिपी उपन्यासकार सविन प्रियासनकी आमा कृष्णकुमारी श्रेष्ठ चौधरी र ८२ वर्षिय साहित्यकार एकराज शर्मा अधिकारीले सार्वजनिक गर्नु भएको...
निजी विद्यालयमाथि चुनौतीका चाङ छन् : शर्मा
दाङ, २१ कार्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्य अरुण कुमार शर्माले निजी विद्यालयमाथि चुनौतीको चाङ रहेको बताउनुभएकाे छ। आज शुक्रबार प्याब्सन दाङको बिस्तारित बैठकका प्रमुख अतिथिसमेत रहनुभएका शर्माले बैठकलाई सम्बोधन गर्दै निजी विद्यालयमाथि बग्रेल्ती चुनौती रहेको बताउनुभएकाे थियाे ।
प्रमुख अतिथि शर्माले निजी विद्यालयहरुले सुरुवातीदेखि नै समस्या झेल्दै आएका बताउनुभएकाे छ । ‘निजी...
प्याब्सन घाेराहीकाे साधारणसभा मंसिर ५ मा हुने
घाेराही, २१ कार्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले कार्यसमितिमा २ जना महिला सदस्य थप गरि कार्यसमितलाई पूर्णता दिएकाे छ ।
गत वर्ष मंसिर ५ गतेकाे अधिवेशनबाट बनेकाे नयाँ कार्यसमितिले प्याब्सन घाेराहीमा ८० विद्यालयलाई सदस्यता प्रदान गरि विधान बमाेजिम थप २ जनालाई कार्यसमितिमा मनाेनित गरेकाे हाे । मनाेनित महिला सदस्यहरुमा एप्पल एकेडेमी नारायणपुरकी प्रिन्सिपल शर्मिला...
क्लबहरुलाई सञ्चार सीप तालिम
विमला केसी
घाेराही, २१ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं १६ स्थित ज्ञानमाला एकेडेमीमा सञ्चार सीप सम्बन्धी तालिम सम्पन्न भएको छ।
विद्यालयमा गठित विभिन्न क्लबहरुका पदाधिकारी, कार्यसमिति सदस्य तथा कप्तान र उपकप्तानहरुका लागि एकदिने सञ्चार सीपकाे तालिम प्रदान गरिएकाे थियाे ।
तालिममा विद्यार्थीहरुलाई सञ्चार, सञ्चार सीप, सञ्चार सीपका प्रकार, प्रभावकारी सञ्चारलगायतका विषयमा प्रशिक्षण दिइएकाे थियाे । तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघ दाङका...
प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गराैं: मुख्यमन्त्री आचार्य
दाङ, १८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मंगलबार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले...
संविधानले दिएको अधिकारमा संघीय सरकारले अंकुश लगाउन मिल्दैन : मुख्यमन्त्री आचार्य
दाङ, १८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदान गरेकाे अधिकारमा संघीय सरकारले अंकुश लगाउन नमिल्ने बताउनुभएको छ ।
रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले एउटा सरकारले अर्को सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु असंवैधानिक हुने बताउनुभएकाे हाे । `संविधानसम्मत ढंगले संघ पनि चलोस्, प्रदेश पनि चलोस् र स्थानीय सरकार पनि चलोस् भन्ने हाम्रो मान्यता हो´उहाँले भन्नुभयाे-`संघीय...














