टुँडिखेलमा मनाइयो ६८ औँ प्रजातन्त्र दिवस (फोटोफिचर)
२००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ प्रजातन्त्र दिवस मनाइएको छ।
यसै अवसरमा काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने...
एमाले र माओवादीबीच पार्टी एकताको सहमति, आजै हस्ताक्षर हुनसक्ने
७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा पार्टी एकताको सहमति जुटेको हो ।
स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ ।
पार्टीको नाम ‘नेपाल कम्युनिष्ट...






