बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको...

जिरोनाको पोस्टमा बार्साको गोल वर्षा, स्वारेजले गरे ह्याट्रिक

१३ फागुन, काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोल अन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपे । खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तर त्यसको दुई मिनेटपछि नै स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए...

राष्ट्रपतिको दौडबाट सुवास नेम्वाङ अलग

१३ फागुन, काठमाडौं । विघटित संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले आफू केही वर्ष पार्टीको कार्यकारी भूमिकामा क्रियाशील हुन चाहेको प्रष्ट पारेका छन् । नेम्वाङ उपप्रधानमन्त्रीसहित ओली सरकारमा सहभागी हुन लागेको भनेर गरिएको प्रचारमा सत्यता नरहेको समेत उनले स्पष्ट पारेका छन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङ अहिले माधव नेपाल नेतृत्वको पार्टी एकता राजनीतिक दस्तावेज कार्यदलको सदस्य छन् । आफू...

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

काठमाडौँ, फागुन १३ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त...

एमाले-माओवादी एकीकरणपछि ५ तहका कार्यकारी कमिटी रहने

१३ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीमा ५ तहका कार्यकारी कमिटीहरु रहने भएका छन् । संघीयतामा मुलुकले अभ्यास गरेका प्रशासनिक संरचनाहरुलाई आधार मानेर कमिटी निर्माण गर्ने गरी विधान मस्यौदा कार्यदलले छलफल अघि बढाएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकमा यसबारे छलफल भए पनि कुन तहमा कति सदस्यीय कमिटी...

फागुन २७ गतेका लागि सर्यो प्रदेशसभाको बैठक

प्रदेश ५ मा आजका लागि आव्हान गरिएको प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेको छ । प्रदेशसभामा छलफल गर्ने विषयवस्तुमा तयारी नपुगेको भन्दै बैठक सारिएको हो । कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव मानबहादुर विश्वकर्माले बताउनुभयो । आजको बैठकमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक विधेक नियमावली बनाउने कार्यसुचि रहेको थियो...

पार्टीको नाम फेर्ने नयाँ शक्ति पार्टीको निर्णय

१२ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र छलफलबाट उपयुक्त नाम तय गरिनेछ ।’ बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनः संयोजक...

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

१२ फागुन, सुर्खेत । प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको छ भने सुर्खेतको विरेन्द्रनगरलाई राजधानी तोकेको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखे...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा बिष्णु रिमाल नियुक्त

एमाले नेता बिष्णु रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको ओलीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए। रिमाल एमाले पोलिटब्यूरो सदस्य हुन् । २०७२ मा ओली प्रधानमन्त्री हुँदा रिमाल राजनीतिक सल्लाहकार थिए।

दिगो विकासकालागि १७ बुँदे सल्यान घोषणापत्र जारी

सल्यान, ९ फागुन । सल्यानका जनप्रतिनिधिहरुको भेलाले जिल्लाको समृद्धि र विकासकालागि बुधवार १७ वुदे सल्यान घोषणा पत्र जारी गरेका छन । १० वटा स्थानीय तह तथा सल्यानं जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिहरुको तीनदिने भेलाले दिगो विकास, सुशासन र खाद्य अधिकारयुक्त जिल्ला बनाउन सल्यान घोषणापत्र जारी गरेको हो । हरेक हिसावले सल्यानलाई पछि पारिएको भन्दै जनप्रतिनिधिहरुले जिल्लाको विकासे योजना, आर्थिक...

ताजा समाचार