घोराही, तुलसीपुर र लमहीका मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी

दाङ, भदौ २८ । Gen Z को आह्वानमा दाङका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन हिंसात्मक र ध्वंसात्मक रूप लिन थालेपछि प्रशासनले आज पनि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्वारा जारी गरिएको आदेशअनुसार घोराही, तुलसीपुर र लमहीका मुख्य बजार क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न रोक लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८...

सार्वजनिक यातायात सञ्चालन सँगै जनजीवन सामान्य बन्दै

दाङ, भदौ २८ । गत मंगलबारदेखि अवरुद्ध दाङका केहि क्षेत्रहरुमा शनिबारदेखि सार्वजनिक सवारी सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बिहानै देखि सार्वजनिक बस, ट्याक्सी, अटो र साना गाडी बाक्लो संख्यामा सडकमा देखिएका छन् । जिल्लाभित्रका विभिन्न रुट तथा छिमेकी जिल्लातर्फ नियमित सवारी सञ्चालन भएको छ । यात्रुहरू सहजै गन्तव्यतर्फ प्रस्थान गर्न पाएका छन् भने लामो समयपछि बजार र...

प्रधानमन्त्री कार्कीपछिको अर्को चरण : मन्त्रिपरिषद् गठन प्रक्रिया सुरु

काठमाडौँ, भदौ २८ । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने तयारीसँगै नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया सुरु हुन लागेको छ। जेन–जी आन्दोलनका संयोजक सुद गुरुङले मन्त्रिपरिषद् पनि भोटिङ प्रणालीमार्फत चयन हुने जानकारी दिएका छन्। उनका अनुसार मन्त्रिपरिषद् सानो आकारको हुनेछ। हालसम्म मन्त्री बन्ने व्यक्तिहरूको नाम सार्वजनिक नभए पनि आन्दोलनमा सक्रिय विभिन्न पृष्ठभूमिका प्रतिनिधिहरूलाई सरकारमा समावेश गर्ने तयारी भइरहेको स्रोतहरूले...

मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ

काठमाडौं, भदाै २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति,...

दाङमा जेन–जी आन्दोलनपछिको क्षतिग्रस्त संरचना सफाइ सुरु

दाङ, भदाै २८ । जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका तुलसीपुरका विभिन्न संरचनामा शुक्रबारदेखि सरसफाइ कार्य थालिएको छ । राजनीतिक दलहरूले पहल गरी केही स्थानमा सफाइ सुरु गरे पनि सरकारी निकायका कतिपय कार्यालयमा भने यो प्रक्रिया स्थगित गरिएको छ । उपमहानगरपालिकाका कर्मचारीहरूले बिहानैदेखि जलेका संरचना सफा गर्न सुरुवात गरे पनि कानुनी प्रक्रिया (मुचुल्का) पूरा नगरी अघि बढ्न नसक्ने भन्दै...

राष्ट्रपतिले गरे प्रतिनिधिसभा भंग, कार्की सरकारले ६ महिनाभित्र नयाँ चुनाव गर्नुपर्ने

काठमाडौँ, भदाै २८ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको छ। राष्ट्रपति कार्यालयले शुक्रवार राति ११ बजेदेखि लागु हुने गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका जानकारी गराएको छ।

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौँ, भदाै २८ । बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत  प्रतिक्रिया दिएको हो। बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीलाई स्वीकार गर्दै जवाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ।

जनजीवन सामान्य बन्दै, सेनाले कर्फ्यु र निषेधाज्ञाको निर्णय गर्न छोड्यो

काठमाण्डौ, भदाै २८ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ । जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मङ्गलबारको हिंसात्मक प्रदर्शनपछि नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा लगाउँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालयहरुले आवश्यकता अनुसार निर्णय गर्न थालेका छन् । काठमाण्डौसहित धेरै ठाउँमा आज कर्फ्यु र निषेधाज्ञा छैन । सैनिक जनसम्पर्क निर्देशनालयले काठमाण्डौ उपत्यकामा हिजो बेलुकी सात...

प्रधानमन्त्रीमा कार्की, शीतनिवासमा शपथ ग्रहण

काठमाडौं, भदौ २७ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि आजै राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । आजै प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गराउने तयारी भए पनि अन्तिममा...

संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री बने सुशीला कार्की

काठमाडौ, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ संविधान जारी भएपछि यसअघि बनेका सबै सरकार धारा–७६ अनुसार गठन भएका थिए। तर यो पटक भने कार्कीको नियुक्ति धारा–६१ अनुसार भएको हो। संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था गरिएको छ। यसमा राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा परिभाषित गर्दै, संविधान तथा संघीय कानुनअनुसार कार्य...

ताजा समाचार