जेन्जी आन्दोलनमा क्षति पुगेको ट्राफिक कार्यालयलाई गुरुकुल एकेडेमीको सहयोग

घोराही, ६ असोज । दाङको घोराही १५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले जेन्जि आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीलाई विभिन्न सामग्री सहयोग प्रदान गरेको छ। भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना ध्वस्त भएपछि कार्यालय सञ्चालनमा कठिनाई भएको अवस्थामा विद्यालयले करिब ८० हजार रुपैयाँ बराबरका सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो। विद्यालयका प्रधानाध्यापक डा....

घोराहीमा संजीवनी शिक्षण अस्पतालको औपचारिक शुभारम्भ, पहिलो दिन निशुल्क स्वास्थ्य शिविर सम्पन्न

 दाङ ६, असाेज। दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा निर्माणाधीन संजीवनी शिक्षण अस्पतालको औपचारिक शुभारम्भ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। अस्पतालको उद्घाटनसँगै पहिलो दिन निशुल्क स्वास्थ्य शिविर र औषधि वितरण कार्यक्रमसमेत आयोजना गरिएको थियो। शुभारम्भ कार्यक्रममा अस्पतालका सञ्चालक समितिका पदाधिकारी, चिकित्सक, स्थानीय प्रतिनिधि, सामाजिक अगुवाहरू तथा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिती रहेको थियो। शिक्षण अस्पतालका संचालक समितिका अध्यक्ष खुमा प्रसाद अर्यालले बिधिवत...

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

कामाडाैँ, ६ असाेज । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । मन्त्री बन्नेमा पत्रकार जगदीश खरेल सञ्चार तथा सुचना प्रविधि, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा उद्योग, कानुन र भुमि व्यवस्था मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि र...

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

घोराही, ६ असोज । घोराही सिमेन्ट उद्योग लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ। “हाम्रो समुदाय, हाम्रो जिम्मेवारी” भन्ने मूल मन्त्रसहित उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा जुटाएर कार्यालयलाई व्यवस्थित र आकर्षक स्वरूपमा पुनः प्रस्तुत गरेको हो। हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाले प्रभावित सरकारी कार्यालयलाई कार्यसुगम र सेवाग्राहीमैत्री बनाउन गरिएको यस प्रयासले...

अख्तियारमा एक वर्षमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता

काठमाण्डाै, ६ असाेज । गएको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता भएका छन् । आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा २८ हजार ५ सय ५४ वटा उजुरी दर्ता भएका हुन् । यस्तै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ८ हजार ४ सय ७२ वटा उजुरीसमेत गरी गएको वर्षको उजुरी...

दाङमा पाँच अतिरिक्त हुलाक कार्यालय बन्द

दाङ, ६ असोज । दाङ जिल्लाका पाँच अतिरिक्त हुलाक कार्यालय हालै बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ हलवार, बबई गाउँपालिकाको पुरन्धारा र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द गरिएको हो । अधिकृत बस्नेतका अनुसार पछिल्ला वर्षमा अतिरिक्त हुलाक कार्यालयहरूमा कामकाज लगभग शून्यजस्तै भएको छ । “केही बैंकका चिठीबाहेक...

बार्षिकाेत्सवकाे अवसरमा रेडियाे भराेसा दाङद्वारा सहयाेग हस्तान्तरण

घाेराही, ६ असाेज । मानव विकास सामुदायिक सेवा (एचडीसीएच) र भरोसा सामुदायिक सेवा दाङद्वारा सञ्चालित सामुदायिक रेडियो भरोसा १०४.९ मेगाहर्जले आफ्नो एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा ट्राफिक कार्यालय र वृद्दाश्रम मा पुगि सहयाेग हस्तान्तरण गरेकाे छ । मानव विकास तथा सामुदायिक सेवाका संयोजक विजय मानन्धरका अनुसार आइतवार उक्त बार्षिकाेत्सवकाे अवसरमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि...

मन्त्री हैन कवाडी वैज्ञानिक भन्नू : महावीर पुन

काठमाडौं, ६ असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा सिफारिस भएपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले असाधारण प्रतिक्रिया दिएका छन्। उनले आफूलाई ‘मन्त्री’ भन्नुभन्दा पनि ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई मन्त्रीमा सिफारिस गरेपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पद र हैसियतको चमकभन्दा कामलाई प्राथमिकता दिनुपर्ने स्पष्ट सन्देश दिएका हुन्। पुनले आफ्नो पहिलो घोषणा...

तुलसीपुरमा सर्प उद्धार सेवा ठप्प, नागरिक जोखिममा

तुलसीपुर, ६ असाेज । मानिस र सर्पबीचको द्वन्द्व न्यूनिकरण तथा सर्प संरक्षण गर्ने उद्देश्यले गत कात्तिक ८, ९ र १० गते तुलसीपुर–७ राप्ती शान्ति उद्यानमा सर्प महोत्सव सम्पन्न गरिएको थियो । देशभरका सर्पविज्ञ र उद्धारकर्ताको उपस्थितिमा तीन दिनसम्म सर्पबारे सचेतना दिँदै घरभित्र वा वरपर सर्प देखिएमा मार्न नहुने र उद्धारकर्ताको सहायतामा सुरक्षित स्थानमा पु¥याउनुपर्ने सन्देश प्रसार गरिएको थियो ।...

प्रदेश सरकारको ढिलाइले दाङका निर्माण व्यवसायी सात करोड भुक्तानी नपाई संकटमा

दाङ, ६ असोज । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरू सम्पन्न गरिसकेका दाङका निर्माण व्यवसायीहरू अझै भुक्तानी नपाएपछि समस्यामा परेका छन् । व्यवसायीहरूले बिल पेस गरिसके पनि गत असार १६ गतेबाट रोकिएको भुक्तानी प्रक्रिया सुस्त गतिको भएकाले निजी क्षेत्रमा आर्थिक संकट देखिएको हो । दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीणकुमार भण्डारीका अनुसार दाङ जिल्लामात्रै ५० भन्दा बढी...

ताजा समाचार