संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

दाङ, असाेज ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ । संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै नागरिकका मौलिक...

दाङ प्रहरीले बिलबिजकबिनाको सामान नकिन्न र लुटिएका सामग्री फिर्ता गर्न आग्रह

घोराही, असाेज ३ । जिल्ला प्रहरी कार्यालय दाङले हालैको जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संस्थाबाट लुटिएका सामग्री बजारमा देखा पर्न थालेको भन्दै बिलबिजकबिना कुनै पनि सामान खरिद नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरीका अनुसार आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालयबाट कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानरलगायतका विद्युतिय सामग्री लुटिएको छ । त्यस्ता सामान किनबेच भए कानुनी कारवाही हुने चेतावनी दाङका प्रहरी...

घोराहीमा मेधावी कन्सर्नद्वारा पुस्तक प्रदर्शनी सुरु

घोराही, असाेज ३ । दाङको घोराहीस्थित मेधावी कन्सर्नले बिहीबारदेखि पुस्तक प्रदर्शनी सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमका बिच कन्सर्नका सञ्चालक सूर्य विसीको अध्यक्षतामा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले प्रदर्शनीको उद्घाटन गर्नु भएकाे हाे । दशैं विशेष छुटका साथ सञ्चालनमा आएको यो प्रदर्शनी असोज १० गतेसम्म चल्ने बताइएकाे छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्माले यो पुस्तक प्रदर्शनीको पहिलो...

आज संविधान दिवस देशभर मनाइँदै

काठमाण्डौ, असाेज ३ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर...

नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालन : गाडीको लामो जाम

काठमाण्डौ, असाेज ३ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा रहेको छ । नवलपरासी पूर्वको दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्रमा सडक चिप्लो भएका कारण उकालोमा गाडी चढ्न सकेका छैनन् । पानी परेपछि सडक हिलाम्मे भएकाले हिजो बेलुकादेखि नै समस्या भएको र गाडीको लामो जाम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । सयौँको संख्यामा यात्रु दाउन्नेमा अलपत्र परेका...

सैनिक ब्यारेकबाट निस्केपछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा

काठमाण्डौ, असाेज ३ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सुर्यविनायक नगरपालिका–७ गुण्डुमा सर्नुभएको छ । जेन–जी आन्दोलनपछि गएको भदौ २४ मा पदबाट राजीनामा दिएका उहाँलाई बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत् ब्यारेकमा लगेर सुरक्षित राखेको थियो । ओली हिजो बेलुका ब्यारेकबाट निस्किएर भाडाको घर गुण्डुमा सर्नुभएको हो । आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटको निवासमा आगजनी तथा तोडफोड भएको थियो ।

रोल्पामा चाडपर्व लक्षित चार सुपथ मूल्य पसल सञ्चालन

राेल्पा, असाेज २ । नेपालीहरुको महान् चाडपर्व—बडादशैँ, शुभ तिहार र छठ—को अवसरमा रोल्पास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले “पर्वोत्सव सुपथ मूल्य पसल” सञ्चालनमा अाएकाे छ। यो पसल भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म खुला रहने बताइएकाे छ। यस अवधिमा पसलमा बिक्री हुने सबै खाद्यान्नमा साविक मूल्यबाट प्रति केजी पाँच रुपैयाँ छुट दिइनेछ। कम्पनीले उपभोक्ताहरूको अधिकतम लाभ सुनिश्चित...

लमही नगरपालिकाद्वारा जेनजी आन्दोलनका सहिद परिवारलाई सहयोग, घाइतेको उपचारमा प्राथमिकता

दाङ, असाेज २ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जीवन गुमाएका व्यक्तिप्रति दाङको लमही नगरपालिकाले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले आन्दोलनका क्रममा सहादत प्राप्त शहीदहरूलाई सम्मान गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले तत्काल राहतस्वरूप प्रत्येक परिवारलाई १ लाख ३६...

जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस्: मुख्यमन्त्री आचार्य

दाङ, २ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताउनुभएको हाे । `पुरानो अवस्थामा अघि बढ्न खोज्यौं भने नयाँ...

चीनबाट सात दिनपछि प्रधानमन्त्री कार्कीलाई बधाई, शुभकामना

काठमाडौँ, असोज २ । उत्तरी छिमेकी चीनले ढिला गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । बिहीबार सिंहदरबारमा चीनका नेपालस्थित राजदूत छन सोङले कार्कीलाई भेटी शुभकामना व्यक्त गर्दै दुवै देशबीचको मित्रता र सहकार्य अझ प्रगाढ बनाउने विषयमा सहमति भएको बताइएको छ । भदौ २७ मा प्रधानमन्त्री बनेकी कार्कीलाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले भने अझै औपचारिक...

ताजा समाचार