घोराहीमा तोडफोडकाे अवस्था पछि अत्यावश्यक सेवा जारी, क्षतिको विवरण सार्वजनिक
घोराही, भदाै ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रभावित घोराही उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू भने जारी रहेको जनाएको छ । सोमबार आयोजित सर्वपक्षीय–सर्वदलीय छलफलमा नगरप्रमुख नरुलाल चौधरीले सरसफाइ, फोहोर व्यवस्थापन र बिरामीको सिफारिसजस्ता आधारभूत सेवा पुनः सञ्चालनमा आइसकेको जानकारी गराउनु भयाे । “सरसफाइ गाडी सुरक्षित भएकाले फोहोर उठाउने काम रोकिएको छैन । दमकल र जेसिभी पनि सुरक्षित भएकाले...
दाङका दुई ठूला पूर्वाधार आयोजना बजेटअभावमा रोकिए
घोराही, भदाै ३१ । दाङस्थित शहरी विकास तथा भवन कार्यालयले ठेक्का लगाएका ग्रामीण विकास तथा साना शहरी पूर्वाधार निर्माणका दुई ठूला आयोजनामा बजेट अभावका कारण यो वर्ष कुनै पनि काम अघि नबढ्ने भएको छ । करिब ३१ करोड रुपैयाँको लगानीमा चलिरहेका तुलसीपुर र गढवा गाउँपालिकाका पूर्वाधार योजनाको करिब आधा काम सकिए पनि गत वर्षकै भुक्तानी दिन कार्यालयसँग पैसा नपुग्दा...
साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो
काठमाण्डौ, भदाै ३१ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर एक खर्ब ३६ अर्ब...
ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने
काठमाण्डाै, भदाै ३० । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ ।
आज सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरू 'जेन–जी' प्रदर्शनका क्रममा मृत्युवरण गरेका शहीदहरूका परिवारलाई उपलब्ध गराउने बताउनुभएको हाे । यस्तै उहाँले आफ्ना सुरक्षाका हिसाबले आवश्यक...
विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्नू : मन्त्रालय
काठमाण्डाै, भदाै ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बाल मनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोस्ट गर्ने गुनासो प्राप्त भएको...
तुलसीपुरमा कुलोमा डुबेर ३ वर्षीय बालकको मृत्यु
तुलसीपुर,भदौ ३० । दाङको तुलसीपुरमा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालयका अनुसार मृतक तुलसीपुर–७ गणेशपुरका बालाराम भण्डारीका ३ वर्षीय छोरा शिशिर भण्डारी रहेकाे बताइएकाे छ ।
प्रहरीका अनुसार आज अपराह्न करिब पौने ५ बजे खेल्ने क्रममा उनी घर नजिकैको कुलोमा बगेर बेपत्ता भएका थिए। गणेशपुरबाट बग्दै आएका शिशिर माताकोटी कल्भर्टमा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीले खबर...
दाङ जिल्ला अदालतबाट चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध
दाङ, भदौ ३० । दाङ जिल्ला अदालत, घोराहीले तोडफोड र आगलागीका कारण अदालतमा रहेका विभिन्न सामग्री चोरी/लुटपाट भएको भन्दै ती सामग्री तत्काल फिर्ता गर्न अनुरोध गरेको छ।
अदालतका अनुसार २०८२ भदौ २४ गते भएको घटनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजनलगायतका उपकरण तथा मुद्दाका सक्कल मिसिल र राजश्व रकम समेत चोरी/लुटपाट भएको हो।
अदालतले जारी गरेको सूचनामा उक्त सामग्री तत्कालै अदालतमा बुझाई...
दाङमा आन्दोलनकारीद्वारा खानेपानी कार्यालयमा तोडफोड र आगजनी, सेवा अवरुद्ध
दाङ, भदौ ३० । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा लागेको आगोले भित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको प्रहरीको भनाइ छ।
घटनापछि प्रहरीले तयार पारेको मुचुल्का अनुसार कार्यालयमा रहेका २८ प्रकारका सामग्री पूर्णरूपमा जलेका छन्। जसमध्ये ४ थान कम्प्युटर सेट, ३ थान फोटोकपी–प्रिन्टर मेसिन, ८ वटा काठका टेबल,...
आन्दोलनको आगो : दाङमा ६० भन्दा बढी सवारी साधन जले
घोराही, भदौ ३० । घोराहीमा जेन–जी आन्दोलन उग्रिँदा ठूलो क्षति भएको छ । भ्रष्टाचार निवारण तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने मागसहित सुरु भएको आन्दोलनका क्रममा दाङमा कम्तीमा ६० भन्दा बढी सवारी साधन जलेर नष्ट भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ३८ चारपाङ्ग्रे, १२१ दुईपाङ्ग्रे, एउटा अटो, एउटा स्काभेटर, एउटा लोडर, एउटा टेलर र छवटा साइकल...
घोराही बजार चहलपहलमा फर्कियो
घोराही, भदौ ३० । घोराही बजार क्षेत्रहरूमा चहलपहल बद्दै गएको छ । आइतबार साँझसम्म पनि घोराही बजारमा भीडभाड कायमै देखिएको थियो । पैदल यात्रुका कारण बैङ्क रोड, न्यूरोड र हस्पिटल रोडमा सवारी साधन धिमे गतिमा चलेका थिए। बिहान सरसफाइ गाडीका कारण जाम बढे पनि कार्यालय समयपछि बजार झन् चहलपहलपूर्ण बनेको थियो।
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीका अनुसार चाडपर्व...














