मतदाता नामावली संकलन खुला गर्न निर्वाचन आयोगको ऐन संशोधन प्रस्ताव
काठमाडौं, ५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई सजिलो बनाउने उद्देश्यले ऐन संशोधनका लागि सरकारसँग प्रस्ताव अघि सारेको छ। हालसम्म चुनावको मिति घोषणा भएपछि मात्र नामावली संकलन गर्न सकिने व्यवस्था रहेकामा, आयोगले आवश्यक परेमा जुनसुकै बेला पनि संकलन खुला गर्न सकिने प्रावधान राख्ने निर्णय गरेको हो।
आयोगको आइतबार बसेको बैठकले मतदाता नामावली ऐन, दफा ४ संशोधन गरी सो व्यवस्था...
ट्राफिक प्रहरी कार्यालय दाङलाई रेडियो भरोसाद्वारा फर्निचर समाग्री सहयोग
दाङ, ५ असाेज । मानव विकास सामुदायिक सेवा (एचडीसीएच) र भरोसा सामुदायिक सेवा दाङद्वारा सञ्चालित सामुदायिक रेडियो ‘भरोसा १०४.९ मेगाहर्ज’ले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई आवश्यक फर्निचर सामाग्री सहयोग गरेको छ।
मानव विकास तथा सामुदायिक सेवाका संयोजक विजय मानन्धरका अनुसार जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि राहतस्वरूप ३ वटा दराज र एक दर्जन कुर्सी, एक थान रेडियाे हस्तान्तरण गरिएको हो।
भदौ २४...
घोराही मालपोत कार्यालयमा आगजनीपछि सहयोगको आव्हान
घोराही, ५ असोज। “राष्ट्र निर्माणमा सहभागी बनौं” भन्ने नारासहित घोराही मालपोत कार्यालयले सहयोगको आव्हान गरेकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीले आगजनीबाट कार्यालयको सम्पूर्ण संरचना र सामग्री जलेर नष्ट भएपछि सहयोगको लागि सार्वजनिक आव्हान गरेको बताइएकाे छ ।
कार्यालयले असोज ५ गते जारी गरेको सूचनाअनुसार, गत भदौ...
‘जेन जी’ आन्दोलनमा लुम्बिनी प्रदेशका सयौँ सरकारी–निजी संरचना क्षतिग्रस्त
देउखुरी, ५ असोज । ‘जेन जी’ को आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १ सय ३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको विवरण सार्वजनिक भएको छ ।
आन्दोलनका क्रममा ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...
चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै
कैलाली, ५ असोज । बडादशैँ आउनै लाग्दा रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।
सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका...
विश्व अल्जाइमर दिवस मनाइँदै
काठमाण्डौ, ५ असोज । आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाउने गरिन्छ । ‘अल्जाइमरबारे सोधौं र डिमेन्सियाबारे सोधौंं’ भन्ने नाराका साथ विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइँदैछ ।
अल्जाइमर मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको बिर्सने समस्या हो । नेपालमा ५० वर्ष मूनीकामा पनि तनाव र डिप्रेशन लगायतका बिभिन्न कारणले...
प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य
प्यूठान, ४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गर्नुभएको छ । अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो ।
नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले ‘जेन–जी’ आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । आन्दोलनका...
दाङमा संजीवनी शिक्षण अस्पताल असोज ६ गते उद्घाटन, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
दाङ, ४ असोज । दाङको घोराही उपमहानगरपालिका–३ बरगदवा, भानपुरमा चार अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको संजीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा शुभसाइत गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक रोकाले घटस्थापनाको शुभ अवसर पारेर आयोजना गरिएको उद्घाटन कार्यक्रममा सबैलाई उपस्थित भई साथ र सहयोग प्रदान गर्न आग्रह गरेका छन्। उनका...
२८ वर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछि मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आँशु
शोभाखर पन्थी
अर्घाखाँची, ४ असोज । भदौ-२४ गते जेन-जी आन्दोलनको नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी गरियो । आगजनीबाट आचार्यको घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै सिङ्गो घर समेत जलेर ध्वस्त भयो । यो घर आचार्य सांसद नहुँदै पैतृक सम्पत्ति र उनकी श्रीमती दीपा आचार्यको नोकरीबाट बनेको घर हो । घर जलेपछी मुख्यमन्त्री आचार्यको परिवार आफन्तको...
समयमै रोगको पहिचान गरे ९० प्रतिशत बिरामीको मिर्गौला बचाउन सकिने अध्ययनको निष्कर्ष
काठमाण्डौ ४ असोज । नेपालमा गरेको एउटा अध्ययनले समयमै मिर्गौला रोगको पहिचान गरेमा ९० प्रतिशत बिरामीको मिर्गौला बचाउन सकिने देखाएको छ । मृगौला बिग्रिएर वीर अस्पतालमा निकालेका मध्ये पाँच सय जना बिरामीमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
अस्पतालले गरेको अध्ययनमा पाँच सय मध्ये चार सय ७० जनाको मिर्गौला समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको अस्पतालका युरोसर्जरी विभाग प्रमुख...














