तुलसीपुरमा सर्प उद्धार सेवा ठप्प, नागरिक जोखिममा
तुलसीपुर, ६ असाेज । मानिस र सर्पबीचको द्वन्द्व न्यूनिकरण तथा सर्प संरक्षण गर्ने उद्देश्यले गत कात्तिक ८, ९ र १० गते तुलसीपुर–७ राप्ती शान्ति उद्यानमा सर्प महोत्सव सम्पन्न गरिएको थियो । देशभरका सर्पविज्ञ र उद्धारकर्ताको उपस्थितिमा तीन दिनसम्म सर्पबारे सचेतना दिँदै घरभित्र वा वरपर सर्प देखिएमा मार्न नहुने र उद्धारकर्ताको सहायतामा सुरक्षित स्थानमा पु¥याउनुपर्ने सन्देश प्रसार गरिएको थियो ।...
प्रदेश सरकारको ढिलाइले दाङका निर्माण व्यवसायी सात करोड भुक्तानी नपाई संकटमा
दाङ, ६ असोज । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरू सम्पन्न गरिसकेका दाङका निर्माण व्यवसायीहरू अझै भुक्तानी नपाएपछि समस्यामा परेका छन् । व्यवसायीहरूले बिल पेस गरिसके पनि गत असार १६ गतेबाट रोकिएको भुक्तानी प्रक्रिया सुस्त गतिको भएकाले निजी क्षेत्रमा आर्थिक संकट देखिएको हो ।
दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीणकुमार भण्डारीका अनुसार दाङ जिल्लामात्रै ५० भन्दा बढी...
आधारभूत आँखा स्वास्थ्य शिक्षाले ग्रामीण भेगमा दृष्टि जोगाउने प्रयास
तुलसीपुर, ६ असोज । समाजमा जनचेतनाको कमीका कारण कसैले पनि दृष्टि गुमाउन नपरोस् भन्ने उद्देश्यसहित नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न जिल्लामा आधारभूत आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको छ ।
संघका अनुसार पछिल्ला दुई महिनामा मात्रै २ सय ५१ जनाले आँखा स्वास्थ्यसम्बन्धी तालिम प्राप्त गरेका छन् । दातृ निकाय एन.ए.भी.पी. नर्वेको आर्थिक सहयोगमा राप्ती तथा बहादुरगञ्ज...
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
काठमाण्डौ, ६ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रूपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने गरेको छ । आयोगले हिजो सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी अर्थात् ११ हजार दुई सय ७७ वटा उजुरी दर्ता भएको उल्लेख छ ।
सङ्घमा सात हजार छ सय २३, प्रदेशमा सात सय आठ, पालिकामा दुई...
बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै
काठमाण्डौ, ६ असाेज । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असाेज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त...
मनसुनी वायुको प्रभाव कमजोर, स्थानीय वायुको प्रभावले पानी पर्ने सम्भावना
काठमाण्डौ, ६ असाेज । मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीय वायुको प्रभावले आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ ।
दिउँसो र राति धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी...
दाङमा जेन्जी आन्दोलनको आगजनी प्रभावित कार्यालयको मुख्यमन्त्रीद्वारा अनुगमन
दाङ, ५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङमा आगजनीबाट प्रभावित सरकारी कार्यालयहरूको आइतबार अनुगमन गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रका प्रभावित कार्यालय निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले भने, “टेन्ट टाँगेर भए पनि सेवा प्रवाह निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ। यसले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च राख्न मद्दत पुग्छ।”
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन्जी आन्दोलनको नाममा राज्यविरुद्ध आगजनी भएको...
दाङमा ‘जेन–जी’ आन्दोलनपछि क्षति पुगेको कार्यालयमा मन्त्री चौधरीको स्थलगत अनुगमन
दाङ, ५ असोज । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले भदौ २३ र २४ गते ‘जेन–जी’ समूहको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, तुल्सीपुर, दाङको स्थलगत अनुगमन गर्नुभएको छ।
मन्त्री चौधरी र मन्त्रालयका सचिव आइतबार बिहानै कार्यालय पुगेर क्षतिको अवस्था प्रत्यक्ष अवलोकन गर्नुहुँदा तत्कालीन अवस्थाबारे कार्यालय प्रमुख र कर्मचारीहरूसँग...
लमही नगरपालिकाले स्वास्थ्य सेवामा योगदान पुऱ्याएपछि प्राप्त गर्यो ‘कदर पत्र’
दाङ, ५ असोज । लमही नगरपालिकाले स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएको भन्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ‘कदर पत्र’ प्राप्त गरेको छ।
नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (IMNCI) कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणमा देखाएको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले लमही नगरपालिकालाई सम्मानस्वरूप कदर पत्र प्रदान गरेको हो।
स्वास्थ्य मन्त्रालयले IMNCI कार्यक्रमको रजत जयन्ती–२०८२ का अवसरमा...
जेनजी प्रदर्शनको रहस्यमयी युवकको पहिचान सार्वजनिक, सुरक्षा मापदण्डमा प्रश्न उठ्दै
काठमाडौं, ५ असोज । नयाँ बानेश्वरमा २३ गते जेनजी समूहको प्रदर्शनको भीडमा कालो कम्ब्याट पोशाकमा हातमा वाकीटाकी बोकेर हिंडिरहेको युवकको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। यो दृश्यले सर्वसाधारणमा शंका उत्पन्न मात्र गरेन, विभिन्न षड्यन्त्र सिद्धान्तका बहस पनि जन्मायो। “उनी को हुन्? कसले पठायो? अन्तर्राष्ट्रिय गिरोहको एजेन्ट हुन् कि अमेरिकी जासूस?” भन्ने प्रश्न उठ्दा सत्य अझै अनिर्णीत रहेको थियो।
तर...














