Jen-Z आन्दोलन: बलिदान, पीडा र प्रहरी चुनौतीः सान्ताेष
घाेराही, भदाै २६ । सर्वप्रथम अहिलेको Jen-Z आन्दोलनमा ज्यान गुमाएका आन्दोलनकारी र सुरक्षाकर्मीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उनीहरूको योगदान र बलिदानले हामीलाई सुरक्षा, न्याय र लोकतन्त्रको महत्त्व सम्झाउँछ।
यसैबीच, अहिलेको परिस्थितिमा नेपाल प्रहरी आफैं असुरक्षित छन् । प्रहरीका घर, कार्यालय र बर्दीसम्म आक्रमणको शिकार भएका छन् । प्रहरी कार्यालयहरू भग्नावशेषमा परिणत भएका छन्, सवारी साधन जलाइएका छन्, र खुलेआम नागरिकले...
शैक्षिक संस्था खोल्नेबारे अन्योल, प्रविधि र पुस्तकलाई जाेडेर घरमै शिक्षा लिन सकिने
काठमाण्डाै, भदाै २६ । आजका पुस्ताले नयाँ प्रविधिलाई आत्मसात् गर्दै शिक्षा लिइरहेकाले शिक्षालय बन्द भए पनि सिकाइलाई निरन्तरता दिन सकिने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताउनुभएको छ ।
हिजोका पुस्ताले जङ्गलबाट शिक्षा लिएका थिए तर आजका पुस्ताले प्रविधिमा शिक्षा लिइरहेकाले त्यसैलाई स्वीकार गरी पठनपाठनलाई निरन्तरता दिनुपर्नेमा काेइरालाकाे जोड छ । अबको शिक्षाले प्रविधि, पुस्तक र पुर्खालाई पनि जोड्नुपर्ने उहाँ बताउनुहुन्छ ।...
त्रिभुवन विश्वविद्यालयले अस्थायी रूपमा पठनपाठन बन्द गर्यो
काठमाण्डौं, भदौ २६ । त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा छोट्याउँदै असामान्य परिस्थितिका कारण पठन पाठन बन्दकाे घाेषणा गरेकाे छ । रजिष्ट्रारको कार्यालयले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदा छोट्याउँदै केही दिनका लागि पठन पाठन बन्द गर्ने निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालयले जारी गरेकाे सुचना अनुसार २०८२ साल भदौ २९, ३०, ३१ तथा असोज १, २ र ५ र कार्तिक ९...
लुटिएका सामान फिर्ता गर्न प्रशासनको आग्रहः जि.प्र.का. दाङकाे अनुराेद
दाङ, भदौ २६ । दाङमा विरोध प्रदर्शनका क्रममा लुटिएका सामान फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकाे छ । जिल्लामा हालै Gen Z समूहको विरोध प्रदर्शनका क्रममा सरकारी तथा स्थानीय तहका कार्यालय, संघ–संस्था र व्यक्तिगत घरहरूमा तोडफोड, आगजनी र लुटपाट भएका घटनाप्रति जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण गरेको छ।
जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गर्दै यस्ता घटनामा संलग्न वा...
एमाले दाङको शोक–प्रतिक्रिया : काठमाडौंको घटनाप्रति दुःख, घाइतेको निःशुल्क उपचारको माग
दाङ, भदौ २६ । भदौ २३ गते काठमाडौंमा १९ जना विद्यार्थीको ज्यान गएकाे दुःखद घटनाप्रति नेकपा (एमाले) दाङले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। नेपालमा प्रतिबन्धित सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलनमा सरकार पक्षले अनावश्यक बल प्रयोग गरी हत्या गरेको आरोप लगाउँदै बैठकले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको...
मेराे पसिना र सपना खरानी बनाइयोः काेमल वली
दाङ, भदाै २६ । दाङकाे तुलसीपुर-६ मा सञ्चालित काेमल रिसाेर्टमा आगजनी र तोडफोड भएपछि राष्ट्रिय सभाका पूर्व सदस्य एवं नेकपा (नेकपा) एमालेका केन्द्रीय सदस्य कोमल ओलीले आँशु झारेकी छिन् । घटनालाई नियतवश, योजनावद्ध र आपराधिक भएकाे भन्दै उनले आगजनी र ताेडफाेडमा संलग्नहरूलाई कहिल्यै भलो नहुने बताएकी छिन् ।
ओलीले भावुक शैलीमा लेखेकी छिन्, “हामी बामे सर्दै थियौँ तर नियतवश मेरो...
दाङमा कर्फ्यू आदेश निरन्तरता
भरत वली
दाङ, भदौ २६ । दाङमा कर्फ्यू आदेश निरन्तर रहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जारी गर्नुभएको कर्फ्यू आदेशलाई २७ भदौ बिहान ५:०० बजेसम्म निरन्तरता दिइएको छ ।
जिल्लाको विभिन्न स्थानमा भइरहेको विरोध प्रदर्शन र जुलुस अनियन्त्रित भई सार्वजनिक तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको कारण जिल्ला सुरक्षा समितिको सिफारिसमा कर्फ्यू आदेश जारी गरिएको हो ।
स्थानीय...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक उपचारको विशेष तयारी
घाेराही, भदाै २६ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक अवस्थामा बिरामीको उपचारका लागि विशेष तयारी गरेको छ। औषधि, उपकरण र चिकित्सकलाई सतर्क अवस्थामा राखिएको प्रतिष्ठानको शाखा प्रमुख रमिता गौतमले जानकारी दिइन्।
उनका अनुसार मंगलबारको आन्दोलनका क्रममा घाइते भएका १६ जना उपचारका लागि आएका थिए। तीमध्ये सबैजना डिस्चार्ज भइसकेका छन् भने आयुष परियारलाई हालसम्म भर्ना गरेर उपचार भइरहेको छ। छातीमा...
दाङमा जेन–जी आन्दोलन : सरकारी र निजी संरचनामा व्यापक क्षति, सेवाग्राही मारमा
दाङ, भदाै २६ । जेन–जीकाे आन्दोलनले दाङमा सरकारी र निजी संरचनामा व्यापक क्षति भइ सेवाग्राही मारमा परेका छन । भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल नियमनको मागसहित दाङमा जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलन हिंसात्मक रूप लिँदा सरकारी, राजनीतिक दलका कार्यालय र निजी संरचनामा ठूलो क्षति पुगेको छ। प्रारम्भिक तथ्यांकअनुसार ४८ सरकारी निकाय, नौ वटा पार्टी कार्यालय, पाँच सार्वजनिक तथा व्यावसायिक...
जंगी अड्डामा जेनजी प्रतिनिधिहरूको बैठक, सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकारको प्रस्ताव
काठमाण्डाैँ, भदाै २६ । जंगी अड्डामा बसेको जेनजी प्रतिनिधिहरूको बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई पठाइएको छ।
एक उच्च सैनिक अधिकारीका अनुसार, “उहाँहरूले सम्माननीयको नाम सिफारिस गर्नुभएको छ, तर अन्य समूहसँग पनि कुरा भइरहेको छ।” सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग पनि संवाद गर्ने जनाएको छ।
बुधबार दिनभर जेनजी युवाहरूले...














