घोराही बजार चहलपहलमा फर्कियो
घोराही, भदौ ३० । घोराही बजार क्षेत्रहरूमा चहलपहल बद्दै गएको छ । आइतबार साँझसम्म पनि घोराही बजारमा भीडभाड कायमै देखिएको थियो । पैदल यात्रुका कारण बैङ्क रोड, न्यूरोड र हस्पिटल रोडमा सवारी साधन धिमे गतिमा चलेका थिए। बिहान सरसफाइ गाडीका कारण जाम बढे पनि कार्यालय समयपछि बजार झन् चहलपहलपूर्ण बनेको थियो।
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीका अनुसार चाडपर्व...
आगलागीले सरकारी सेवा प्रभावित, करोडौँको क्षति
दाङ, भदौ ३० । तुलसीपुरमा भएको आगलागीका कारण सवारी नम्बर प्लेट, ब्लुबुक नवीकरणलगायतका सेवा ठप्प भएका छन्। भवन र उपकरण जलेर नष्ट भएपछि हजारौं सेवाग्राही समस्यामा परेका छन्।
कार्यालय प्रमुख टोपेन्द्र केसीका अनुसार आगलागीबाट करिब १२ करोड बराबरको क्षति भएको छ। त्यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरमा सरसफाइ र भग्नावशेष व्यवस्थापन कार्य अगाडि बढाइएको छ।
नागरिकता वितरणसमेत प्रभावित भएको इलाका प्रशासन कार्यालयका...
दाङमा सुपथ मूल्य पसल सुरु, उपभोक्तालाई आंशिक राहत
दाङ, भदौ ३० । दशैं, तिहार र छठलाई लक्षित गर्दै दाङमा यस वर्ष पनि सुपथ मूल्य पसल सुरु भएको छ। तर यसपालि उपभोक्ताले चामल, चिनी र नुन मात्रै सहुलियत दरमा पाउनेछन्।
साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीले नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिने जनाएको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले विभिन्न किसिमका चामलमा पाँच रुपैयाँ र चिनीमा पाँच रुपैयाँसम्म छुट...
देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै
काठमाण्डौ, भदौ ३० । सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
सहुलियत मूल्य पसलबाट प्रतिकिलो/प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने सरकारले जनाएको छ । काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, दक्षिणकाली, गोदावरी र...
आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, भदौ ३० । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रूपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परेको हो । दाङको तुलसीपुर, बेलझुण्डी र बागासोती वर्षामापन केन्द्र, बाँकेको सिक्टा र बैजापुर वर्षामापन केन्द्र,...
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह, अन्यथा कारबाही हुने
काठमाण्डौ, भदौ ३० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको हो ।
अख्तियारका अनुसार यी कार्यालयहरूबाट तोडफोड, आगजनी, चोरी र लुटपाट भएको छ । यस क्रममा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो...
मध्यरातमा सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा
काठमाण्डौ, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । प्रधानमन्त्री भएको ३ दिन वित्न नपाउँदै कार्कीको राजीनामा माग्नुले देश अस्थिरता तर्फ धकेलिने अनुमान गर्न थालिएको छ ।
नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे ।...
राष्ट्रपतिद्वारा भण्डारी नयाँ महान्यायाधिवक्ता नियुक्त
दाङ, भदौ २९ । राष्ट्रपतिद्वारा नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएकाे छ ।
राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिअनुसार, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्रीमती सुशिला कार्कीको सिफारिसअनुसार नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम श्रीमती सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ।
यो नियुक्ति २०८२ साल भदौ २९ गते आइतबारको दिनबाट लागु हुनेछ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालोले उक्त नियुक्तिको जानकारी दिएका...
रोल्पाकाे खुंग्रीमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न
भरत वली
रोल्पा, भदौ १४ । रोल्पाकाे खुंग्रीमा रहेकाे ज्ञानमन्दिर विद्या गृह बोर्डिङ स्कूल, सुनिलस्मृति गाउँपालिका–२, खुंग्रीमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र र नर्वेको NAVP आर्थिक सहयोगमा सञ्चालन गरिएकाे थियाे ।
अाइतबार भएकाे नि:शुल्क आँखा जाँच कार्यक्रममा ३१३ जनाको...
राेल्पामा बाल विवाह न्यूनिकरणका लागि सडक नाटक आयोजना
राजेश नेपाली
राेल्पा, भदाै २९ । राेल्पा जिल्लाको ग्रामीण क्षेत्रमा बाल विवाह न्यूनिकरण र जनचेतना जगाउने उद्देश्यले प्रहरी चौकी सिर्पले सडक नाटक आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम प्रहरी चौकी सिर्प र गोकुल माध्यमिक विद्यालय सिर्पको संयुक्त पहलमा सञ्चालन हुने भएको छ।
सानै उमेरमा हुने विवाहलाई परिवार, समुदाय तथा समाजले सहज रूपमा स्वीकार्ने गलत मान्यता अझै कायम रहेकाले बाल विवाह न्यूनिकरणमा...














