अटो व्यवसायीद्वारा दाङ ट्राफिक प्रहरी कार्यालयमा रङरोगन सुरु

घोराही, असोज १ । नेपाल अटो मेकानिकल ट्रेड युनियन घोराही नगर समितिले दाङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रङरोगन कार्य सुरु गरेको छ । बुधबार विश्वकर्मा पूजाको अवसर पारेर कार्यालयमा रङरोगन गर्न थालिएको समितिले जनाएको छ । नगर समितिका सल्लाहकार गोविन्द पौडेलका अनुसार करिब चार दिनभित्र रङरोगन कार्य पूरा गर्ने लक्ष्यसहित काम भइरहेको छ । समितिले यो कार्यका लागि करिब डेढ...

जेनजी आन्दोलनले लुम्बिनी प्रदेश सरकारका कार्यालयमा व्यापक क्षति

दाङ, असोज १ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायहरूमा उल्लेख्य भौतिक क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, मुख्यमन्त्री निवासका तीनवटा सवारी साधन समेत नष्ट भएको उल्लेख छ...

धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ, असोज १ । आज पनि देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो...

जेन–जी’ आन्दाेलन : राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाबाट ५ कराेड नगद र झन्डै १८ किलो सुन लुटपाट

काठमाण्डाै, असोज २ । 'जेन–जी' आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगद र झन्डै १८ किलो सुन लुटपाट भएको खुलेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक पोडकास्टमा यस्तो बताउनुभएको हो । भदौ २४ गते प्रर्दशनकारीहरूले बानेश्वरमा रहेको संसद् भवनमा आक्रमण गर्दा नजिकै रहेको वाणिज्य बैंकको शाखामा पनि लुटपाट र तोडफोड भएको थियो...

घोराहीमा ९ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया सम्पन्न

घाेराही, असाेज १ । घोराहीमा ९ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया सम्पन्न गरिएकाे छ । नेपाल नेत्रज्योति संघ अन्तर्गतको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालद्वारा सञ्चालित घोराही आँखा उपचार केन्द्रमा मंगलबार ९ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया सम्पन्न गरिएको छ। जसमध्ये ८ जनाको शल्यक्रिया फ्याको (Phaco) प्रविधिबाट र १ जनाको शल्यक्रिया एसआईसीएस (SICS) प्रविधिबाट गरिएको हो। एनएभीपी नर्वेको आर्थिक...

संविधान दिवसमा (एमाले) दाङले सबै पालिकामा कार्यक्रम गर्ने

दाङ, असोज १ । नेकपा (एमाले) दाङले संविधान दिवसको अवसरमा जिल्लाभरका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘संविधानको रक्षा गरौँ’ भन्ने मूल नारासहित एमालेले भव्य कार्यक्रमको तयारी अघि बढाएको पार्टी सचिव श्याम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सफल बनाउन केन्द्रीय, प्रदेश र जिल्ला स्तरका पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न पालिकामा खटाउने निर्णय गरिएको छ । घोराही उपमहानगरपालिकामा पार्टी...

जेनजी आन्दोलनका शहीदहरूप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली

दाङ, असाेज १ । लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको हो...

आन्दोलनको क्षतिको दाबी ऐतिहासिक स्तरमा, बीमा कम्पनीको दायित्व बढ्यो

काठमाडौं, असोज १ । जेन–जी आन्दोलनका कारण निजी सम्पत्तिमा परेको क्षतिबापत बीमा दाबी करिब ३० अर्ब रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। मङ्गलबारसम्म बीमा कम्पनीहरूमा दर्ता भएका दाबीहरू ३० अर्ब हाराहारीमा पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। प्राधिकरणका अनुसार निजी तथा औद्योगिक सम्पत्तिमा भएको तोडफोड र आगजनीका कारण निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूको दायित्व विगतका प्राकृतिक विपत्तिभन्दा बढी हुने देखिएको...

प्रहरीको चेतावनी : बिना बिल सुनचाँदी किनबेच नगर्न आग्रह

काठमाडौं, असाेज १ । जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकहरूलाई बिना बिल सुनचाँदीका गरगहना तथा अन्य मूल्यवान् सामान किनबेच नगर्न आग्रह गरेको छ। भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा राजधानी लगाएत बिभिन्न ठाउँहरूका सरकारी निकाय, बैंक, व्यापारिक प्रतिष्ठान र व्यक्तिगत घर तथा भवनहरूमा आगजनी, तोडफोड र चोरीजस्ता घटना भएको प्रहरीले जनाएको छ। लुटिएका गरगहना तथा सामानहरू सुनचाँदी पसलमा ल्याइने...

बाहिरिने समयमा मनसुन फेरि सक्रिय

काठमाण्डाै, असाेज १ । औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ । प्रायः बहिर्गमन हुने समयमा मनसुन...

ताजा समाचार