जेनजी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो
काठमाडौं, असोज १ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बुधवार सिंहदरबारसहित सरकारी कार्यालय, कूटनीतिक नियोगहरूमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो। सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरूमा शोक व्यक्त गरिएको हो।
सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजनिक विदा समेत दिएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने...
नवलपरासी पूर्व र रुपन्देहीसहित केही जिल्लामा बाढीको जोखिम
दाङ, असोज १ । आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोटी, कैलाली र आसपासका जिल्लामा बाढीको जोखिम छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार यी जिल्ला भएर बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ । रुपन्देहीको तिनाउ नदीमा बहाव उच्च छ ।
त्यस्तै काठमाण्डौ उपत्यकासहित इलाम, झापा, मोरङ, बारा, पर्सा, चितवन, कास्की, तनहुँ,...
जेन–जी आन्दोलन : दाङमा ४७ भवन र १८९ सवारीसाधन क्षतिग्रस्त
दाङ, असोज १ । जेन–जी आन्दोलनको प्रभावले दाङ जिल्लामा रहेका सरकारी संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका तथ्यांकअनुसार हालसम्म २४ वटा सरकारी निकायका ४७ भवन र १८९ वटा सवारीसाधनमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार १५ वटा सरकारी कार्यालयका २६ भवन पूर्णरूपमा जलेर वा भत्किएर नष्ट भएका छन्...
घोराहीको होटेल मालाइनमा तोडफोड र आगजनी, साढे तीन करोडको क्षति
घाेराही, असोज १ । घोराहीस्थित होटेल मालाइन प्रालिमा भदौ २४ गते घटित तोडफोड तथा आगजनीका कारण करिब तीन करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको होटेल व्यवस्थापनले जानकारी गराएको छ।
होटेलका सम्माननीय सञ्चालक ओविन्द्रबहादुर महराले सो घटनालाई अत्यन्त दुःखद् बताउँदै संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। “घटनाको सत्य–तथ्य छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा...
अवरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी खुल्यो
काठमाण्डौ, असाेज १ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुलेको छ । चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै हिजो बेलुका पहिरो खस्दा गाडीको आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर गएराति एकतर्फी खुलेकाे सडक बिहान सवा ८ बजेदेखि दुईतर्फी नै खुलेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । पानी परिरहेको र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध...
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डौ, असाेज १ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मौसम बदली नै रहेको र धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । बागमती र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही ठाउँ तथा बाँकी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कोशी, बागमती...
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा
काठमाण्डौ, असाेज १ । आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।...
आज देशभर शोक बिदा
काठमाण्डौ, असाेज १ । सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार आज असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्बाट निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निकालेको विज्ञप्तिमा उल्लेख...
घोराही उपमहानगरपालीकाको उपप्रमुख पदबाट राजिनामा दिएको छैन : उपप्रमुख डिसि
दाङ, भाद्र ३१ । घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसिले पदबाट आधिकारिक राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ । नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित डिसिले हालैको जेन्जी आन्दोलनका क्रममा आफ्नो निवासमा समेत क्षति पुगेपछि सामाजिक सञ्जालमार्फत राजीनामा दिने अभिव्यक्ति दिनुभएको थियो । तर, उँहाले त्यसलाई औपचारिक राजीनामा ठान्न नहुने बताउनुभएको छ ।
भाद्र २३ र २४ गते घोराहीमा भएको जेन्जी आन्दोलनका क्रममा सरकारी...
सुनछहरी गाउँपालिकाले कृषक अनुदान कार्यक्रम सञ्चालन गर्न आव्हान
रोल्पा, भदौ ३१ । सुनछहरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, पोबाङले कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्न इच्छुक किसान समूह, सहकारी संस्था तथा संकलन केन्द्रहरूलाई निवेदन दिन आव्हान गरेको छ।
गाउँपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत बजेटअन्तर्गत सञ्चालन हुने यस कार्यक्रमका लागि यो सूचना पहिलो पटक २०८२ भदौ ३१ गते प्रकाशित गरिएको हो। इच्छुक संकलन केन्द्र, कृषक समूह तथा सहकारी संस्थाले...














