प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
काठमाण्डौ, भदाै १७ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो ।
त्यसपछि झन्डै आधा घण्टा उहाँहरूबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेट्नुभएको थियो...
घोराहीमा ‘इन्स्पाएरीङ यु एकेडेमी’ संचालन, युवाका लागि सिपमूलक तालिम सुरु
दाङ, भद्र १६ । आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यका साथ घोराही उपमहानगरपालिका–१५ मा “इन्स्पाएरीङ यु एकेडेमी” संचालनमा आएको छ।
एकेडेमीले दक्ष प्रशिक्षकमार्फत बेकरी, बरिष्टा, ब्युटिसियन, इलेक्ट्रिसियन, सेफ लगायतका विभिन्न सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यका साथ आफ्नो यात्रा सुरु गरेको हो।
सो एकेडेमीको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन र पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष...
माघ १५ गते घोराहीलाई ‘लैंगिक हिंसा नियन्त्रित नगर’ घोषणा गरिने
घोराही, भदौ १६ । घोराही उपमहानगरपालिकालाई आगामी माघ १५ गते लैंगिक हिंसा नियन्त्रित नगरको रुपमा घोषणा गरिने भएको छ।
महिला, बालबालिका तथा सामाजिक विकास शाखाले सोमबार आयोजना गरेको नगर स्तरीय लैंगिक हिंसा निवारण समन्वय समितिको बैठकले नगर स्थापना दिवसकै अवसरमा यो घोषणा गर्ने निर्णय गरेको हो। समितिका संयोजक तथा नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा निर्णय सार्वजनिक गरिएको थियो।
शाखा...
घाेराहीमा गुणस्तरहीन दुध बिक्री गर्ने ९ डेरी पसल कारबाहीमा
घोराही, भदौ १६ । घोराही उपमहानगरपालिकाले गुणस्तरहीन दुध बिक्री गर्ने ९ वटा डेरी पसल प्रत्येकलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको बजार व्यवस्थापन समितिले सोमबार बसेको बैठकमा निर्णय गर्दै, वडा नम्बर १५ मा रहेका ती डेरी पसलहरूले बिक्री वितरण गरेको दुध नेपाल सरकारले तोकेको गुणस्तर र मापदण्ड अनुसार नभएको पाइएको कारण जरिवाना गर्ने जनाएको छ। यो कारबाही...
रोल्पामा बृहत आँखा शिविर सम्पन्न, पाँचजनालाई मोतिविन्दु शल्यक्रियाका लागि सिफारिस
भरत वली
रोल्पा, भदौ १६ । रोल्पामा बृहत आँखा शिविर सम्पन्न भएकाे छ । जिल्लाकाे राेल्पा नगरपालिका को १० नं वडा कार्यलय भवन धाबाङमा एकदिने दृष्टि परीक्षण, मोतिबिन्दु छनौट तथा चश्मा जाँच सहितको बृहत आँखा शिबिर सम्पन्न भएको हाे ।
साेमबार सम्पन्न उक्त कार्यक्रम नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला...
सीमा विवादमा सम्झौता अस्वीकार्य : डा. भट्टराई
काठमाडौं, भदाै १६ । नेकपा एमाले स्थायी समिति सदस्य तथा वैदेशिक मामिला विश्लेषक डा. राजन भट्टराईले सीमा विवादमा कुनै हालतमा सम्झौता नगर्ने अडान स्पष्ट पार्नुभएको छ।
प्रेस चौतारी नेपालले काठमाडौंमा सोमबार आयोजना गरेको अन्तसंवाद कार्यक्रममा डा. भट्टराईले लिपुलेकसहितको भूभाग नेपालको अविभाज्य अंग भएको उल्लेख गर्दै अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमिलाई वर्तमान पुस्ताले दृढ अडानका साथ सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले...
दाङमा घरमाथि सालको रूख ढली, दुई घर प्रभावित
भालुवाङ,भदौ १६ । दाङको देउखुरीमा आइतबार मध्याह्न १२:३० बजे घरमाथि काँचो सालको रूख ढल्दा दुई घर प्रभावित भएका छन्। राप्ती गाउँपालिका–३, मुक्त कमैया नयाँबस्तीस्थित लक्ष्मीप्रसाद चौधरीको घरमा पूर्ण क्षति पुगेको छ भने छेउमा रहेको हेलुराम चौधरीको घरमा आंशिक क्षति भएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार, चौधरीको टिन छाएको कच्ची घरमा रूख ढल्दा करिव १ लाख १५ हजार रुपैयाँ बराबरको...
संघीय शिक्षा ऐनको विरोधमा घोराही बजारमा निजी विद्यालयको सडक प्रदर्शन
भरत वली
घोराही, भदाै १६ । संघीय शिक्षा ऐनको प्रावधानविरुद्ध देशभर आन्दोलन चर्किंदै जाँदा दाङको घोराहीमा रहेका निजी तथा आवासीय विद्यालयले कालो झण्डा र कालो व्यानरसहित साेमबार सडक परिक्रमा गर्दाै प्रदर्शन गरेका छन्।
सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले विद्यालयलाई गैर नाफामुखी बनाउने र पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था परिवर्तन गर्न लागेको भन्दै प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनले संयुक्तरूपमा विरोधका कार्यक्रम घोषणा...
त्रिभुवननगर जेसीजले सुरु गर्यो सातदिने ‘तालिम म्याराथन–२०२५’
घोराही, भदौ १६। त्रिभुवननगर जेसीजले सुरु गरेको सातदिने “तालिम म्याराथन–२०२५” आज (साेमबार) देखि घोराहीमा प्रारम्भ भएको छ। युवालाई सक्षम नेतृत्वतर्फ उन्मुख गराउने, व्यक्तित्व निखार्ने र जेसीजको पहिचानलाई थप स्पष्ट पार्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा पहिलो दिन मेचेकाली बोर्डिङ स्कुलमा “बैठक सञ्चालन कार्यशाला” सम्पन्न भएकाे छ।
उद्घाटन सत्रमा जेसीज २०२५ का अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ले सभापतित्व गर्नुभएकाे थियाे, भने नेपाल पत्रकार...
दाङमा डिजेल–मट्टीतेलको मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम
दाङ, भदौ १६ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार दाङ र सुर्खेत क्षेत्रमा डिजेल–मट्टीतेल प्रतिलिटर १४४ रुपैयाँ पर्नेछ। यसअघि भन्दा प्रतिलिटर चार रुपैयाँले सस्तो भएको हो। यस्तै आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ भने...














