दाङमा लागुऔषध नियन्त्रण प्रमुख प्राथमिकता : प्र.जि.अ. अर्याल
दाङ, भदौ १६ । दाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्वप्रकाश अर्यालले जिल्लामा बढ्दै गएको लागुऔषधको प्रयोग तथा कारोबार नियन्त्रण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।
भर्खरै सरुवा भई दाङ आएका प्रजिअ अर्यालले आइतबार सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै लागुऔषध दुव्र्यसनी रोकथाम, शान्ति–सुरक्षाको सुदृढीकरण र आपराधिक गतिविधिको नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने बताए। उनले भने, “लागुऔषध सेवन र ओसारपसारका घटना...
आज राष्ट्रिय सभामा निजामती सेवा विधेयक पेस हुने
काठमाडौं, भदौ १६ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आजै राष्ट्रिय सभामा पेस गर्ने तयारी भएको छ। अपराह्न सवा ३ बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
विधेयकमा अझै बाँकी केही विवादास्पद विषयलाई सोमबार बिहानको बैठकमा टुंग्याउने प्रयास गरिएको छ। कर्मचारीको अवकाश उमेर हदबाहेकका अधिकांश विषयमा सहमति भइसकेको समितिले जनाएको छ।...
प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
काठमाण्डौ, भदौ १६ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
चीनको थियानजिनमा रहेको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा हिजोदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आजै रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओस...
बिपी राजमार्गमा यो महिनाभर राति गाडी गुडाउन रोक
काठमाण्डौ , भदौ १६ । बिपी राजमार्गमा यो महिनाभरी रातिको सयममा गाडी चलाउन रोक लगाईएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको हिजोको बैठकले थप १५ दिन गाडी चलाउन रोक लगाएको हो ।
यसअघि गएको असार ७ गतेदेखि राति गाडी चलाउन रोक लगाइँदै आएकोमा भदौ मसान्तसम्म राति १२ घण्टा गाडी चलाउन रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले...
नवरात्रको अन्तिम दिन महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै
काठमाण्डौ,१५ असोज । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी...
रोल्पामा निशुल्क आँखा जाँच, हार्जङ -छहरेखुङमा १२५ जनाले सेवा लिए
भरत वली
रोल्पा, भदौ १४ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पामा निशुल्क आँखा जाँच कार्यक्रम जारी छ।
भदौ ११ देखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा शिविर सञ्चालन हुने तालिका तय गरिएकोमा, आज, भदौ १५ गते, लुङ्ग्री गाउँपालिका-७ हार्जङ-छहरेखुङ, रोल्पामा नि:शुल्क आँखा...
रोल्पा, माडी गाउँपालिकामा बृहत आँखा शिविर सम्पन्न
भरत वली
रोल्पा, भदौ १५ । रोल्पाको माडी गाउँपालिकामा आइतबार बृहत आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय तथा माडी गाउँपालिकाको सहकार्यमा उक्त एकदिने शिविर सम्पन्न भएको हो।
उक्त शिबिर आइतबार माडी गाउँपालिका–६ कोर्चावाङ स्वास्थ्य चौकी मिनहीमा सञ्चालन गरिएको थियो।
शिविरमा दृष्टि...
जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै , भदाै १५ । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल तथा कार्यालयका लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सब–इन्जिनियर शिवराज राईविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै विद्यालय व्यवस्थापन समितिका...
मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान, दाङ र गंगालाल अस्पतालबीच सहकार्य
दाङ, भदौ १५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही, दाङ र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाण्डौ बीच मुटु रोग उपचारमा सहकार्य हुने भएको छ। यस सम्बन्धमा प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच सम्झौतामा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आफ्नो रिफरल सेन्टरको रूपमा प्रयोग गर्नेछ।...
तुलसीपुरमा बेचनी खोलाले गाडी बगायो
दाङ, भदाै १५ । दाङकाे तुलसीपुरमा रहेको बेचनी खोलाले किराना सामान बोकेको भ्यान बगाएको छ। आज दिउँसो करिब सवा १ बजेको समयमा खाद्रेदेखी पर्सेनीतर्फ जाँदै गरेको ग १ ज १७१४ नम्बरको मारुती भ्यान बेचनी खोलामा पर्नासाथ बहावमा बगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार, तुलसीपुर–६ का ४६ वर्षीय राम कुमार...














