देउखुरीमा कारको ठक्करबाट वृद्धको मृत्यु

दाङ, भदाै १५ । लमही नगरपालिका–२ बरुवा गाउँका ७० वर्षीय भगवानदीन चौधरी कारको ठक्करबाट ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बिहान करिब साढे सात बजे लुम्बिनी प्रदेश ०२–००१ च ००२८ नम्बरको कारले चौधरीलाई सिसहनियाँ–सोनपुर भित्री सडक खण्डमा पैदल हिँडिरहेका बेला ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई सुरुमा लमही अस्पताल पुर्याइएको थियो। जटिल अवस्था देखिएपछि उनलाई...

‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित

काठमाडौँ, १५ भदौ । नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन भएको छ । शहीद नेत्रलाल स्मृति प्रतिष्ठान, दाङ—देउखुरीद्वारा प्रकाशित स्मृतिग्रन्थमा अभागीको जीवनीलाई ‘शिक्षा, राजनीति र साहित्यका त्रिनेत्र’ का रुपमा चर्चा गरिएको छ । ७२४ पृष्ठको स्मृतिग्रन्थमा १४० भन्दा बढी लेखकका लेख, संस्मरण, कविता र विचारहरू समेटिएका...

रोल्पामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

भरत वली रोल्पा, भदौ १५ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार रोल्पामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मनसुन सक्रिय रहँदै आएको, मध्यमदेखि भारी वर्षा भइरहेको तथा वर्षातका कारण शहीद मार्ग र भित्री सडकका विभिन्न स्थानमा पहिरो खस्दै सडक अवरुद्ध भइरहेकाले भदौ १६ गतेदेखि २५ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ५:३० बजेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको हो...

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्र र स्मृति सङ्ग्रहालयको अवलोकन

काठमाण्डौ, भदाै १५ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियान्जिन पुग्नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवाइगाउँमा धान उत्पादनको विशेष क्षेत्र अवलोकन गर्नुभएको छ । उहाँले हुवाइगाउँ क्षेत्रमा धानबाली, बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिनुभएको हो । यस्तै प्रधानमन्त्री ओलीले नानकाई जिल्लाको चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको...

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

दशैँ – दशैँका लागि आउँदो भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखाले सूचना निकालेर भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नभई सुकिला नोट साट्न पाइने जनाएको छ । गएको दशैँमा पनि राष्ट्र बैंकले सुकिला नोट साट्न मिल्ने व्यवस्था गरेको थियो । मुद्रा व्यवस्थापन विभाग, प्रदेशमा रहेको कार्यालय र बैंक तथा...

विधायन समितिले निजामती विधेयकमाथिको दफावार छलफल सक्यो

काठमाण्डाै, भदार् १५ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामति सेवा विधेयकमाथिको दफावार छलफल सकेको छ । सिंहदरबारमा आज बसेकाे समितिको बैठकले प्रतिनिधिसभाबाट पास भएको प्रतिवेदनसहित विधेयकमाथिको दफावार छलफल सकेको हो । दफावार छलफल सकिए पनि विधेयकमा रहेका कतिपय विवादित विषय टुङ्गो लागिसकेको छैन । नायब सुब्बा पदपूर्ति खुला गर्ने र प्रतिशत तोक्ने, ६० वर्षे अवकाश उमेर कार्यान्वयन मोडल कस्तो हुने,...

विद्यालय शिक्षा विधेयक सहमतिविपरीत : रोल्पामा शिक्षक महासङ्घको ध्यानाकर्षण

भरत वली रोल्पा, भदौ १५ । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति रोल्पाले विद्यालय शिक्षा विधेयक हालको स्वरूपमा अघि बढ्दा विगतका आन्दोलनका सहमति बेवास्ता भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। महासङ्घले २०७५, २०७८ र २०८० सालमा गरिएका आन्दोलनपछि सरकारले गरेको ३०, ५१ र ६ बुँदे सहमतिहरूलाई आधार मानेर विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिएको छ। महासङ्घले २०८१ सालमा ८९...

शाङ्घाई सहयोग सङ्गठनको सदस्य बनाउन आवश्यक सहयोगका लागि चिनियाँ राष्ट्रपतिसमक्ष प्रस्ताव

काठमाण्डौ, भदाै १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग नेपाललाई शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सदस्य बनाउन आवश्यक सहयोगका लागि प्रस्ताव गर्नुभएको छ । हिजो बेइजिङमा राष्ट्रपति सीसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले एससीओको सदस्य बनाउन सहयोग गर्न प्रस्ताव गर्नुभएको हो । राष्ट्रपति सीले नेपाललाई समृद्धिको यात्रामा सहयोग पुर्‍याउन आफ्नो देश सधैं तयार रहेको बताउनुभएको छ...

एएफसी यू-२३ एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीको बिदाइ

काठमाण्डौ, भदाै १५ । एएफसी २३ वर्षमुनिको एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन् । मुख्य प्रशिक्षक नवीन न्यौपानेसहितको टोलीलाई एन्फा अध्यक्ष पङ्कज नेम्बाङसहितको पदाधिकारी टोलीले झन्डा हस्तान्तरण गरेको छ । प्रतियोगिता सेप्टेम्बर ३ तारिख अर्थात् भदौ...

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ, भदाै १५ । गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व मनाउँछन् । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । हिजो बेलुका गौराघरमा भित्र्याएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला अर्थात् आँगनमा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले...

ताजा समाचार