प्रदेशसभा सदस्य पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली
दाङ, भदाै १५ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
केही दिनअघि छोरी जन्म दिने क्रममा ठूलो शल्यक्रिया गरिएको थियो भने त्यसपछि मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण...
बिजौरी उद्योग वाणिज्य संघको १२ औँ साधारणसभा भव्यताका साथ सम्पन्न
दाङ, भदाै १५ । बिजौरी उद्योग वाणिज्य संघको १२ औँ साधारणसभा तथा स्वागत–सम्मान कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बिजौरी क्षेत्रलाई नयाँ ऊर्जा र आर्थिक केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
साधारणसभामा संघले बिजौरीलाई कृषि र व्यावसायिक प्रवर्धनको केन्द्रका रूपमा विकास गर्ने...
रोल्पा, परिवर्तन–बागमारा: एकदिने बृहत आँखा शिविर सम्पन्न
भरत वली
राेल्पा, भदाै १५ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ३ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमारामा एकदिने बृहत आँखा शिविर (दृष्टि परीक्षण, मोतिविन्दु छनौट तथा चश्मा जाँच सहित) भव्यताका साथ सम्पन्न भएको छ।
भदौ १३ गते सम्पन्न उक्त कार्यक्रम नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा/उपशाखा बागमाराको...
रोल्पा शहरी खानेपानी समितिमा नयाँ नेतृत्व चयन, सुमन विक अध्यक्ष निर्वाचित
भरत वली
रोल्पा, भदौ १५ । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशनअन्तर्गत भदौ १४ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले सार्वजनिक गर्नुभएको नतिजाअनुसार समितिको अध्यक्षमा सुमन विक ४०५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा ४०० मतसहित रेवती आचार्य विजयी हुनुभएको छ। त्यस्तै, महासचिवमा...
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको चौथो अधिवेशनः नयाँ कमिटी चयन
दाङ, भदाै १४ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। यस अधिवेशनबाट संगठनको नयाँ कमिटी चयन भएको समेत गरीएकाे छ।
अाजकाे अधिबेशनबाट संगठनमा नयाँ अध्यक्ष दिपक बुढाथोकी, उपाध्यक्ष कामी राम्जा (केशव), सचिव प्रकाश भण्डारी, सहसचिवहुकुम शर्मा, कोषाध्यक्ष खिमबहादुर डाँगी लगाएत अन्य १६ जना सदस्यहरू चयन गरिएकाे छ । नव जिम्मेवार पदादिकारीहरूले आफ्नो...
रोल्पामा निशुल्क आँखा जाँच शिविर जारीः घोडागाउँ–थुम्पाकीमा ८३ जनाको परीक्षण
रोल्पा, भदौ १४ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पामा निशुल्क आँखा जाँच कार्यक्रम जारी छ।
भदौ ११ देखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा शिविर सञ्चालन हुने तालिका तय गरिएको छ। आज, भदौ १४ गते, सुनिलस्मृती गाउँपालिका–१, घोडागाउँ–थुम्पाकी मा निशुल्क...
घोराहीमा निःशुल्क आँखा स्वास्थ्य परामर्श तथा उपचार सम्पन्नः ९१ जनाले सेवा लिए
भरत वली
घोराही, भदौ १४ । नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका सहयोगी संस्था राप्ती आँखा अस्पतालले घोराहीमा निःशुल्क आँखा स्वास्थ्य परामर्श तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ।
मधुमेही समाज दाङ र लायन्स क्लब अफ स्वर्गद्धारी रक्षाचौरको सहकार्यमा घोराही आँखा उपचार केन्द्र, नवलपुरमा शनिबार सम्पन्न कार्यक्रममा ९१ जनाले सेवा लिएका छन्।
कार्यक्रममा राप्ती आँखा अस्पतालका मेडिकल डायरेक्टर तथा...
महिला हिंसाका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने: सांसद पाेख्रेल
दाङ, १४ भाद्र । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले महिला हिंसाका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभएकाे छ। प्रतिनिधि सभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै सांसद पाेख्रेलले महिला हिंसाका अनेकन घटनाहरु घटिरहेकोप्रति सरकारकाे ध्यान जान जरुरी रहेकाे बताउनुभएको हाे।
हालै अछामकाे पञ्चदेवलविनायक नगरपालिका वडा नं. ८ मा रजस्वला भएर त्रिपालमुनी सुतेका दुईजनाकाे ढुङ्गाले थिचेर ज्यान गएकाे घटना उल्लेख गर्दै पाेख्रेलले छाउगाेठ...
निजी विद्यालयमाथि अन्याय हुँदैन : सांसद चौधरी
दाङ, १४ भदौ । नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले निजी विद्यालयमाथि अन्याय नहुने बताउनु भएकाे छ। विद्यालय शिक्षा विधेयक निजी विद्यालयको हित विपरीत रहेको भन्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता सङ्गठनको ज्ञापनपत्र बुझ्दै नेता चौधरीले निजी विद्यालयमाथि अन्याय नहुनेमा विश्वास गर्न आग्रह गर्नुुभएकाे हाे।
शनिबार प्याब्सन दाङले बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्व मन्त्रीसमेत रहनुभएका चौधरीले निजी विद्यालयका पक्षमा...
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
काठ्माण्डाै, भदाै १४। निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लागू गर्ने प्रावधान प्रतिनिधि सभाबाट पारित भई अगाडि बढेकोमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पनि सदर गरिएको छ।
शनिबार बसेको समितिको बैठकमा छलफलपछि सभापति तुलसी कुमारी दाहालले, “कुलिङ अफ पिरियड राख्ने निर्णय भएको छ,” भन्नुभयो।
सभापति दाहालका अनुसार यसबारे सैद्धान्तिक सहमति जुटिसकेको छ र प्रतिवेदन तयार गरी पुनः एकपटक समीक्षा गरेर अगाडि बढाइनेछ














