प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता आजै

काठमाण्डौ, भदाै १४ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा चीनको थियानजिनमा पुग्नुभएको छ । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यहाँ पुग्नुभएको हो । उहाँलाई थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ, चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले...

भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा

काठमाण्डौ , भदाै १४ । विभिन्न जिल्लाबाट काठमाण्डौ आएर प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । आज माइतीघरमा पत्रकार सम्मेलन गरेर उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् । १३ वटा जिल्लाका उखु किसानहरू काठमाण्डौको माइतीघर मण्डलामा सात दिनदेखि धर्ना एवम् विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको कारण सरकारलाई झकझकाउन राष्ट्रिय...

रोल्पा शहरी खानेपानी समिति: उम्मेदवारको अन्तिम सूची सार्वजनिक, मतदान आज

रोल्पा, भदौ १४ । ‘हावा पछिको महत्वपूर्ण वस्तु पानी हो, थोपा–थोपा सदुपयोग गरौँ’ भन्ने नाराका साथ रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको छैठौँ अधिवेशन तथा दोस्रो साधारण सभा हिजो लिबाङमा उद्घाटन सम्पन्न भएको छ। निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार, निर्वाचन प्रक्रिया ११ भदौदेखि सुरु भई अधिकांश चरण सफलतापूर्वक सम्पन्न भइसकेको छ। प्रारम्भिक मतदाताको नामावली, दाबी–विरोध प्रक्रिया, अन्तिम...

अट्वारी पर्वमा देउखुरीका चार पालिकामा १५ र १६ गते सार्वजनिक बिदा

देउखुरी, भदाै १४ । थारू समुदायको महान पर्व अट्वारीको अवसरमा देउखुरी क्षेत्रका चार स्थानीय तहले सार्वजनिक बिदा दिने भएका छन् । शुक्रवार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भदौ १५ र १६ गते दुई दिन, भने राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भदौ १५ गते एक दिन सार्वजनिक बिदा रहनेछ । यस सम्बन्धमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,...

दाङमा खाद्य सुरक्षाको अवस्था कमजोर

दाङ, भदाै १४ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गरेको अनुगमनमा जिल्लामा खाद्य सुरक्षाको अवस्था कमजोर देखिएको छ । अनुगमनका क्रममा कतिपय उद्योग अनुमति पत्रबिनै सञ्चालन भएको, मासु बजार दयनीय देखिएको र विभिन्न खाद्य उद्योग तथा पसलमा लेबलिङ, प्याकेजिङ र गुणस्तरसम्बन्धी गुनासा पाइएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा १२१ नमुना परीक्षण गर्दा खाद्यान्न,...

उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन : आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी

काठमाण्डौ, भदाै १४ । सरकार र उखु किसानबीच हिजो बेलुका भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारमा कृषि मन्त्री रामनाथ अधिकारीसहित भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान सङ्घर्ष समितिका केन्द्रिय प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो । वार्तामा कृषिमन्त्री अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गर्नुभएको थियो । तर सङ्घर्ष समितिले आन्दोलन नरोकिने बरु आन्दोलनको स्वरूप परिवर्तन गर्न...

प्रधानमन्त्री ओली चीन प्रस्थान

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय
काठमाण्डाै, भदाै १४ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जीन पिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण...

रोल्पामा निःशुल्क आँखा उपचार शिविर जारी, जुतुङखोलामा ८७ जनाको आँखा परीक्षण

भरत वली रोल्पा,  भदौ १३ । रोल्पामा सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजनामा, NABP I-CARE नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार शिविर निरन्तर जारी छ । संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार भदौ ११ गतेदेखि १८ गतेसम्म विभिन्न गाउँपालिकामा शिविर सञ्चालन गर्ने तालिका तय भएको छ । यसक्रममा भदौ ११ गते सुनछहरी गाउँपालिका–१, सेरममा, भदौ १२ गते...

किन शिक्षकहरू आन्दोलनमा उत्रिए ?

काठमाडौँ, भदाै १३ । बहुप्रतीक्षित ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ भदौ ६ गते संसद्‌मा पेस भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले लामो छलफलपछि उक्त विधेयक पेस गरेका हुन्। अब संसद्‌मा पेस भएको शिक्षा विधेयक थप प्रक्रियागत रूपमा अघि बढ्नेछ। तर नेपाल शिक्षक महासंघ भने यतिखेर आन्दोलन गरिरहेको छ। नेपाल शिक्षक महासंघले...

रोल्पा सहरी खानेपानी समितिको छैठौँ अधिवेशन सम्पन्न

रोल्पा, भदाै १३ । ‘हावा पछिको महत्वपूर्ण वस्तु पानी हो, थोपा–थोपा सदुपयोग गरौँ’ भन्ने नाराका साथ रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको छैठौँ अधिवेशन तथा दोस्रो साधारण सभा शुक्रबार राेल्पा, लिबाङमा उद्घाटन सम्पन्न भएकाे छ । समितिका अध्यक्ष लिलाधर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य प्रमुख अतिथि रहनुभएको थियो । यस्तै, रोल्पा नगरपालिका प्रमुख...

ताजा समाचार