दाङमा निःशुल्क आँखा स्वास्थ्य परामर्श तथा जाँच हुने

भरत वली घाेराही, भदाै १३ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले निःशुल्क आँखा स्वास्थ्य परामर्श तथा उपचार कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम मधुमेही समाज दाङ र लायन्स क्लब अफ स्वर्गद्वारीको सहकार्यमा भदौ १४ गते (शनिबार) आँखा उपचार केन्द्र, नवलपुर, घोराहीमा हुने छ। राप्ती आँखा अस्पतालका मेडिकल डायरेक्टर सह–प्रा. डा. रञ्जित कुमार साहले...

सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती

महेश बस्नेत घाेराही, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन जारी राखेका छन् । शुक्रबार घाेराहीमा भएकाे बृहत् खबरदारी सभालाई सम्बाेधन गर्दै प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई चुनाैती दिनुभयाे । सभाका प्रमुख वक्ता समेत रहनुभएका गिरीले आफ्ना कराेडाैंका सम्पत्ति गैह्रनाफामूलक...

घोराहीमा शनिबार विद्युत आपूर्ति आंशिक रुपमा अवरुद्ध हुने

दाङ, भदाै १३ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रदेश वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत घोराही वितरण केन्द्रले आगामी शनिबार घोराही क्षेत्रमा आंशिक रुपमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ। वितरण केन्द्रका अनुसार २०८२ भदौ १४ गते (शनिबार) बिहान १०:०० बजेदेखि घोराही वितरण केन्द्रको सबस्टेशन भित्रका ब्रेकरहरू मर्मत–सम्भार गर्नुपर्ने भएकाले सम्पूर्ण फिडरहरूमा आंशिक रुपमा अनियमित विद्युत आपूर्ति हुने भएको हो। प्राधिकरणले...

विद्यालय शिक्षा विधेयकविरुद्ध रोल्पामा ज्ञापनपत्र

भरत वली रोल्पा, भदाै १३ । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले शिक्षा विधेयकमा रहेको त्रुटि सच्याउन माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ । यस्तै, नेपाल शिक्षक महासंघ रोल्पाले पनि केन्द्रीय निर्देशनअनुसार स्थानीय तहमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम शुक्रवार राेल्पा, लिबाङमा सम्पन्न गरेको छ । महासंघका अध्यक्ष खलसिँ बुढामगरले नगर प्रमुख...

रोल्पा–गल्याङ क्षेत्रमा दुई दिन विद्युत सेवा बन्द हुने

भरत वली राेल्पा, भदाै १३ । बुटवल पावर कम्पनी लिमिटेड, झिमरुक जलविद्युत केन्द्रले रुखका हाँगा काट्ने तथा लाइन मर्मत, सम्भार कार्यका कारण केही स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ। कम्पनीका अनुसार ३३ केभी लोकल, रोल्पा र गल्याङ लाइनअन्तर्गत पर्ने क्षेत्रमा कार्य सम्पन्न गर्न लाइन विच्छेदन गर्नुपर्ने भएकाले तोकिएको समयसम्म विद्युत सेवा प्रभावित हुनेछ। तपसिलअनुसार २०८२ भदौ १३ गते पावरहाउस, ड्यामसाइड, खैरा,...

शिक्षकहरुले बुझाए ध्यानाकर्षण पत्र

घाेराही, १३ भदौ । नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको आव्हानमा दाङ जिल्लाका १० वटै स्थानीय तह मार्फत शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ । प्रतिनिधि सभाको शिक्षा समितिले पारित गरि प्रतिनिधि सभामा पठाएको शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघसँग सरकारले गरेका सम्झौता बमोजिमको कुराहरु नसमेटिएको भन्दै शिक्षकहरुले पुनः आन्दोलनका कार्यक्रमहरु सुरु गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीका अध्यक्ष पोषणराज विष्टले बताउनुभयाे...

त्रिभुवननगर जेसीजद्वारा सातदिने “तालिम म्याराथन–२०२५” आयोजना

दाङ, भदाै १३ । त्रिभुवननगर जेसीजले सातदिने ‘तालिम म्याराथन–२०२५’ आयोजना गर्ने भएको छ । युवामा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र जेसीजको पहिचानलाई लक्ष्य गरी आगामी भदौ १६ गतेदेखि २३ गतेसम्म घोराहीस्थित विभिन्न शैक्षिक संस्थामा कार्यक्रम सञ्चालन हुने भएको हो । जेसीज अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ का अनुसार तालिम म्याराथनले युवाको नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सीप विस्तारमा सहयोग पुग्ने...

घोराहीमा पहिलो राष्ट्रिय धामी–झाँक्री महोत्सव सम्पन्न

घोराही, भदाै १३ । नेपाल ज्योतिष परिषद् दाङको आयोजना तथा घोराही–१६ बाहुनडाँडामा बिहीबार पहिलो राष्ट्रिय धामी, झाँक्री, माता तथा गुरुहरूको महोत्सव तथा प्रदर्शनी सम्पन्न भएको छ। ज्योतिष परिषद्को तान्त्रिक विभाग प्रमुख पदमबहादुर बस्नेतको अध्यक्षता र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी धामी–झाँक्रीहरूले विभिन्न झाँकी प्रस्तुत गरेका थिए। महोत्सवमा ढ्याङ्ग्रा र भाँडासहित पुरुष तथा महिला झाँक्रीहरूले नृत्य प्रस्तुत...

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे

काठमाडौँ, भदाै १३ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्य परिवर्तनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ। भूमि...

दाङको इतिहासमा आधारित ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ सार्वजनिक

दाङ,  भदौ १२ । पत्रकार तथा इतिहासकार डा. सुदीप गौतमद्वार लिखित पुस्तक ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ घोराहीमा एक समारोहबीच बिहिबार घाेराहीमा सार्वजनिक गरिएको छ। संस्कृतिविद् राधिकादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले पुस्तक विमोचन गर्नुभयो। कार्यक्रममा बोल्दै उपकुलपति नेपालले दाङको भूगोल, समाज र राजनीतिक यात्रा विषयमा लामो समय अनुसन्धानपछि तयार भएको कृति नयाँ...

ताजा समाचार