अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने मन्त्री न्यौपानेको घोषणा

काठमाण्डौ, भदाै १३ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ । निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिंदै उहाँले यो घोषणा गर्नुभएको हो । सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू लागिरहेको उहाँले फेसबुकमा...

एपीएफ एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो

काठमाण्डौ, भदाै १३ । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो दोश्रो खेलमा कलेज अफ एसियन स्कलरसँग पराजित भएको छ । एपीएफको यो लगातार दोश्रो हारसँगै प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । उज्वेकिस्तानको क्वार्सीमा गएराति भएको समूह ‘बी’ को दोश्रो खेलमा एपीएफ स्कलरसँग ४–० गोलले पराजित भएको हो । यसअघि पहिलो खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग...

दाङ, दार्चुला, डोटी, अछाम, बाँके, पर्वत र जाजरकोटमा ठूलो वर्षा

काठमाण्डौ, भदाै १३ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । दार्चुला, डोटी, अछाम, बाँके, दाङ, पर्वत र जाजरकोटमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अछामको कैलाश नदी जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले त्यस नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । दार्चुला, डोटीको जिंगराना, अछामको...

रोल्पामा निःशुल्क आँखा परीक्षण कार्यक्रम जारी, पोबाङमा १३ जना मोतियाबिन्दु बिरामी फेला

भरत वली रोल्पा, भदाै १२ । सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु छनोट शिविर रोल्पाका विभिन्न स्थानमा जारी छ। यसैक्रममा आज (भदौ १२ गते) सुनछहरी गाउँपालिका–५ पोबाङमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५० जनाको आँखा जाँच गरिँदा १३ जनामा मोतियाबिन्दुको समस्या...

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी सञ्चालकको घोषणा

काठमाण्डाै, भदाै १२ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । उनीहरूले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको व्यवस्था विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् । यस्तै नेपाल शिक्षक महासङ्घले प्रतिनिधिसभामा रहेको...

रोल्पा नगरपालिकाले कृषि कार्यक्रमका लागि दोस्रो पटक प्रस्ताव आह्वान

भरत वली रोल्पा, भदाै १२ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूसँग दोस्रो पटक प्रस्ताव आह्वान गरेको छ। यसअघि २०८२ भदौ ११ गतेसम्म निवेदन माग गरिएकोमा आवश्यक संख्यामा प्रस्ताव प्राप्त नभएकाले म्याद थपिएको हो। समितिको...

रोल्पामा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन भदौ १४ हुने

रोल्पा, भदाै १२ । रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन अन्तर्गत आगामी २०८२ साल भदौ १४ गते बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने भएको छ। निर्वाचन समितिको निर्णय अनुसार मतदान केन्द्र रोल्पा नगरपालिका–४ मा रहेको उद्योग वाणिज्य संघको भवन तोकिएको छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार सो भवनको चारकिल्ला पूर्वतर्फ डिभिजन वन कार्यालय जाने बाटो, पश्चिमतर्फ...

लुम्बिनी प्रदेशमा तीन दिनसम्म निजामती सेवा दिवस उत्सवपूर्वक मनाइने

दाङ, भदाै १२ । लुम्बिनी प्रदेशमा यस वर्षको प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ। भदौ २० देखि २२ गतेसम्म रक्तदान, वृक्षारोपण, अन्तरक्रिया, सरसफाइ, खेलकुद, परिसंवाद, प्रभातफेरी र सांस्कृतिक झाँकीलगायतका गतिविधि सञ्चालन गरिने भएको हो। प्रदेश सरकारका प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले स्वास्थ्य मन्त्रालयको संयोजनमा भदौ २० गते बिहान रक्तदान कार्यक्रमबाट...

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालयको साँचाे राज्यलाई बुझाउँछौं

घाेराही, १२ भाद्र । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । विधेयकमा भएकाे त्रुटि सच्याउन माग गर्दै प्याव्सनले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको हो । प्याव्सन दाङले पनि जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभाको आयोजना गर्दै ज्ञापनपत्र बुझाएको छ । कोणसभाका वक्ताहरुले विद्यालय शिक्षा विधेयक निजी...

रोल्पामा तीन ठेकदार कम्पनीलाई सडक कालोपत्रे कार्यका लागि ठेक्का दिने तयारी

भरत वली रोल्पा, भदौ १२ । लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, सडक पूर्वाधार विकास कार्यालय रोल्पाले तीन ठेकदार कम्पनीलाई सडक कालोपत्रे र निर्माण कार्यका लागि ठेक्का दिने प्रक्रिया अघि बढाएको छ। सार्वजनिक खरीद ऐन, २०६३ को दफा २७ अनुसार प्रकाशित सूचनामा रोल्पा जिल्लामा सञ्चालन हुने विभिन्न सडक योजनाका लागि न्यूनतम मूल्याङ्कनमा उत्तीर्ण भएका निर्माण कम्पनीहरूलाई ठेक्का...

ताजा समाचार