राप्ती दाङमा सवारी चालक अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशित
दाङ, भाद्र १२ । यातायात व्यवस्था कार्यालय राप्ती, दाङले २०८२ साल भाद्र ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको सवारी चालक अनुमतिपत्र (नयाँ तथा वर्ग थप) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार परीक्षाफलको नामावली (चेकलिस्ट) हेर्नका लागि सम्बन्धित व्यक्तिहरूले कार्यालयले उपलब्ध गराएको अनलाइन प्रणाली मार्फत हेर्न सक्नेछन्।
परीक्षाफलसम्बन्धी कुनै समस्या वा त्रुटि भएमा परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिबाट ७ दिनभित्र...
प्रेस चौतारी दाङका कोषाध्यक्ष नेपालीलाई विदाई
दाङ,१२ भदौं । प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलाई आज विदाई गरिएको छ ।
वैदेशिक रोजगारीका लागि कोरिया जान लाग्नुभएका नेपालीलाई चौतारीले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रशंसापत्र र खादा ओडाएर विदाई गरेको हो । प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको...
लुम्बिनी नजिकका प्रदूषण गर्ने उद्योग दुई वर्षभित्र सार्न सर्वोच्चको आदेश
दाङ, भदाै १२ । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै प्रदूषण फैलाउने उद्योगहरूलाई दुई वर्षभित्र अन्यत्र सार्न आदेश दिएको छ।
बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले १५ किलोमिटर वा ८०० मिटर आसपासमा रहेका कार्बन उत्सर्जन गर्ने उद्योगहरू स्थानान्तरण गर्नुपर्ने र त्यस्तो क्षेत्रमा नयाँ उद्योग खोल्न नपाइने निर्णय सुनाएको हो।
फैसलाअनुसार, अहिले सञ्चालनमा रहेका उद्योगहरूले वातावरण प्रदूषित...
नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ गठन
घाेराही, १२ भाद्र । नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति बुधबार गठन गरिएकाे छ।
जिल्ला प्रतिनिधि विरेन्द्र चन्दकाे अध्यक्षतामा बसेकाे बैठकले नवराज खत्रीकाे अध्यक्षतामा नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति गठन गरेकाे हाे । समितिको उपाध्यक्षमा दिपक कुमाल, सचिवमा कपिल बुढाथोकी र काेषाध्यक्षमा महेश बस्नेत चयन हुनुभएकाे छ। समितिकाे सदस्यहरुमा वसन्त जिएम्, नारायण बुढा...
कोइलाबास सीमाबाट मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय सफलता
दाङ, भदौ १२ । दाङको नेपाल–भारत सीमा नाका कोइलाबास हुँदै पछिल्ला पाँच वर्षमा १११ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले २०७७ चैत ४ गते स्थापना भएको शान्ति पुनस्र्थापना गृह, कोइलाबासले स्थानीय सरकार र नेपाल प्रहरीसँगको सहकार्यमा भारततर्फ लैजाँदै गरेका तथा भारतमा बेचबिखनमा परेका नेपाली महिला–बालबालिकालाई उद्धार गर्दै आएको हो।
संस्थाका परामर्शदाता सीमा जिसीका...
प्याब्सन दाङको ज्ञापनपत्रपछि मन्त्री न्यौपानेको आश्वासन
दाङ, भदौ १२ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले निजी विद्यालयहरूको मागप्रति सकारात्मक दृष्टिकोण रहेको बताएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विद्यालय शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री न्यौपानेले यस्तो धारणा राखेका हुन्।
‘शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले उचित मूल्यांकन गर्नुपर्छ। यसलाई नीतिगत...
अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार
अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मारिनेमध्ये एक आठ वर्षको र अर्को १० वर्षको बालक छन् । घाइतेमध्ये १४ जना बालबालिका रहेका र उनीहरू सबैको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ । यो घटना स्थानीय समयानुसार हिजो बिहान करिब आठ बजेको...
यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ १२ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम...
आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै
काठमाडौँ, भदौ १२ । आज भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व मनाइदै छ । सनातन धर्मावलम्बी महिला सप्तर्षिको पूजा-अर्चना गरी मनाउँदैछन्।
सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।
महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा...
अन्तर्राष्ट्रिय योग सम्मेलनको ब्यापक तयारी
दाङ, ११ भाद्र । नेपाल संस्कृत विश्वविधालयको आयोजनामा यही असोज २५ देखि २७ गतेसम्म बेलझुण्डीमा हुन थालेको "अन्तर्राष्ट्रिय योग सम्मेलन" सफल पार्न व्यापक तयारी भैरहेको छ । सम्मेलनका उपसमितिहरूको बैठक बुधबार बेलझुण्डीमा बसेको छ । बैठकमा उपसमिति संयोजकहरूले हालसम्म भएका तयारीबारे जानकारी गराएका थिए ।
सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनभर ५० देशका ५ हजार...














